७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलिनाले पति विष्णुबिरुद्द लगाइन् यस्तो आरोप !

१८ माघ २०८१, शुक्रबार १८:०४

काठमाडौँ | गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग डिभोर्सका लागि मुद्दा दर्ता गरेकी छन् ।

उनले अंश वा माना चामल नलिने सर्तमा सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।

शुक्रबार दर्ता गरिएको फिरादमा उनले विष्णुले आफ्नो चरित्रमाथि शंका गरेको र वैवाहिक जीवन सुमधुर नभएको उल्लेख गरेकी छन् ।

लामो समय प्रेम सम्बन्धमा रहेका झापा निवासी एलिना र बागलुङका विष्णुले वैशाख ५ गते विवाह गरेका थिए । विष्णु अस्ट्रेलियामा बस्छन् र विवाहपछि एलिना पनि त्यहाँ गएकी थिइन्। तर, छोटो समयमै उनी नेपाल फर्किएपछि यहीँ बस्दै आएकी छन् ।

एलिनाले आफूमाथि हिंसा भएको वारेसमार्फत पठाएको मुद्दामा उल्लेख गरिएको छ ।

‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नु पर्ने हुन्थ्यो । तर विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो’, उनले सम्बन्धविच्छेदको मुद्दासम्बन्धी निवेदनमा भनेकी छन्, ‘बिहे गरेर म अस्ट्रेलिया गएकी थिएँ । त्यस्तैमा तीन महिनाको अस्ट्रेलिया बसाइपछि म नेपाल फर्किएँ । नेपाल फर्किएपछि पनि कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा ब्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका-उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा…।’

उनले विपक्षी भनिएका पतिले राम्रो व्यवहार नगरेकैले सम्बन्ध सुमधुर नहुँदा छुट्टिने निर्णय गरेको उल्लेख गरेकी छन् ।

‘…हामी दुईबीको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखेर म फिरादी र विपक्षी पतिबीच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नुभन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आ-आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश-माना, चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु ।’

उनले विपक्षी भनिएका विष्णुलाई अदालतमा झिकाई कायम रहेको पति-पत्नीको नाता सम्बन्ध विच्छेद गराउन पनि माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी