७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइबर ब्यूरोको फेक इमेल बनाई ठगी गर्ने २ जना पक्राउ

२२ माघ २०८१, मंगलवार १६:२१

काठमाडौँ | नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरुपयोग गरी साइबर ब्यूरोको फेक इमेल बनाई ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका-७ का २० वर्षीय मनिष कुमार मेहता र देवानगन्ज गाउँपालिका-१ का २१ वर्षीय ईन्द्रजित यादव रहेका छन्।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार उनीहरूले नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरुको नाम, दर्जा तथा कार्यालयको लोगो समेत दुरुपयोग गरी झुट्टा पत्र तयार गरी यस ब्यूरोको फेक इमेल ([email protected]) बनाएका थिए।

सोही इमेलमार्फत पीडितलाई डर त्रासमा पारी रकम माग गरी ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि प्रहरी अनुसन्धान सुरु गरेको थियो। उनीहरूलाई विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयोगमा पक्राउ गरिएको सूचना अधिकारी अवस्थीले बताए। दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ?