५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा रवि विरूद्धको मुद्दामा बहस गर्न तीन जिल्लाबाट बोलाइयो सरकारी वकिल

२४ माघ २०८१, बिहीबार ११:५२

काठमाडौँ | साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा बहस गर्न छिमेकी जिल्लाबाट जिल्ला न्यायाधिवक्तालाई समेत चितवन झिकाइएको छ।

रविविरुद्ध संगठित अपराधमा मुद्दा नचलाइएपछि सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई महान्यायाधिवक्ताको कार्यालयमा तानेर उच्च अदालत सरकारी वकिलको कार्यालय बुटवलका रवि न्यौपानेलाई मंगलबारमात्रै चितवनको न्यायाधिवक्ता बनाएर पठाइएको थियो।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार सुरु भएको थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए।

विहीबार बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनीलाई झिकाइएको हो।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालले मुद्दाको आवश्यकताअनुसार अन्य जिल्लाका न्यायाधिवक्तालाई पनि झिकाउन सकिने बताए। तर यसलाई जिल्लाका न्यायाधिवक्ताहरुप्रतिको अविश्वासकोरुपमा पनि हेरिएको छ।

सरकार पक्षका अधिवक्ताको बहस सकिएपछि विहीबार जाहेरीवाला (सहकारी पीडित) तर्फका अधिवक्ताहरुले बहस गर्ने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।

जाहेरीवालाकोतर्फबाट वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी, सुरेन्द्र मण्डारी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरु आरसी गौतम, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन्। अधिवक्ता रमेश काफ्ले जाहेरीवालाकोतर्फबाट बुधबार नै बहस गरेका थिए।

त्यसपछि प्रतिवादी लामिछानेतर्फका अधिवक्ताले बहस गर्नेछन्।

लामिछानेकोतर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र अधिवक्ताहरु केदारराज पन्त, दिपकराज तिमिल्सिना, नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोलेले वकालतनामा दर्ता भएको विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ