७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते

२९ माघ २०८१, मंगलवार ११:५९

काठमाडौँ | अमेरिकामा एक निजी विमान अर्काे विमानमा ठोक्किएर दुर्घटना भएको छ ।

एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार दिउँसो भएको विमान दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सीएनएनका अनुसार टेक्सासको अस्टिनबाट आएको लिअरजेट ३५ए विमान अवतरण गर्ने क्रममा पार्किङ गरिराखिएको गल्फस्ट्रिम २०० जेटमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो। उक्त विमान अमेरिकी रक ब्याण्ड मोट्ली क्रुका गायक भिन्स नील स्वामित्वमा रहेको थियो, तर नील भने विमानमा सवार थिएनन्।

अवतरणको क्रममा ल्यान्डिङ गियर फेल भएपछि विमान रनवेबाट चिप्लिएर पार्किङ गरिराखिएको जहाजमा ठोक्किएको थियो। दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको स्कट्सडेल विमानस्थलका अधिकारीहरूले जनाएका छन्।

तीन जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।

घटनाबारे अनुसन्धान गर्न संघीय उड्डयन प्रशासनर नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डको टोली परिचालन गरिएको छ। विमानस्थल प्रशासनले रनवे बन्द गर्दै यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या