७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ वर्षअघि ट्याक्सी चालकको हत्या गर्ने फरार अभियुक्त तामाङ पक्राउ

९ फाल्गुन २०८१, शुक्रबार १६:०८

काठमाडौँ | काभ्रे दोबारटारका मेघबहादुर तामाङ ट्याक्सी चालक थिए । ट्याक्सी चलाएर परिवारको गुजारा गर्दै आएका मेघबहादुरलाई प्यासेन्जर (यात्रु) खोज्न रातभर मानिसको चहलपहल हुने ठाउँतिर बसेर कुर्नु पर्थ्यो । १५ वर्ष अघि २०६६ मंसिर २६ गतेको राति यात्रु भेटिएलान् भन्ने आशामा उनी अनिँदो रहेर ठमेल चोकमा यात्रु कुरिरहेका थिए ।

समय त्यस्तै राति साढे १२ बजेको हुँदो हो । रात्रिकालीन मनोरञ्जन बार र क्लबहरुमा रमाएका युवायुवती घर फर्किने तयारीमा सडकमा निस्किदै थिए । मेघबहादुर बा१ज ९१४ नम्बरको ट्याक्सीमा थिए । मदिराले लठ्ठिएका चार युवा मेघबहादुरको ट्याक्सी नजिन पुगे ।

मेघबहादुर ट्याक्सी खोज्ने यात्रु आए भनेर मख्ख थिए । ती युवाहरुले मेघबहादुरलाई सोधे, ‘‘दाइ हामीलाई नरेफाँट पुर्‍याइदिनु हुन्छ ?’’

काम नै यात्रुलाई उनीहरुले भनेअनुसार छोड्ने र त्यो बापतको रकम लिने मेघबहादुरले नाइ भन्ने कुरा थिएन । मदिराले लट्ठिएका युवा भए पनि मेघबहादुरले उनीहरुलाई आफ्नो ट्याक्सीमा चढाएर हालको भक्तपुर ठिमी नगरपालिका–१६ नरेफाँट छोड्न हिँडे ।

मेघबहादुरका लागि यस्तो काम नयाँ र नौलो पनि थिएन । ठमेलबाट मदिरा सेवन गरेका कयौँ युवाहरुको समूहलाई मेघबहादुरले मध्यरात नै उनीहरुले भनेअनुसारकै ठाउँमा छाडेर आउने गर्थे । त्यो बापतको आफ्नो भाडा लिन्थे ।
तर, ठमेलबाट नरेफाँट पुर्‍याउन चारजनालाई बोकेर सकुसल हिंडेका मेघबहादुर नरेफाँटबाट भने कहिल्यै नफर्किनेगरी अस्ताए । उनी नरेफाँटमा आफ्नै ट्याक्सीभित्र मृत फेला परे ।

ट्याक्सी बेवारिसे देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले हेर्दा उनी ट्याक्सीभित्रै मृत देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

सुरुमा कालगतिका कारण मृत्यु भएको अनुमान गरिए पनि पोस्टमार्टम रिपोर्टले भने शंकास्पद देखायो । पोस्टमार्टम रिपोर्टपछि अनुसन्धान थालेको प्रहरीले मेघबहादुरको हत्या भएको निष्कर्ष निकाल्यो । प्रहरीको अनुसन्धानका क्रममा मेघबहादुरको हत्यामा ठमेलबाट नरेफाँट ट्याक्सी लिएर हिँडेका उनीहरु चारजनाकै संलग्नता देखायो ।

प्रहरीको अनुसन्धानका क्रममा ट्याक्सी चढेकामध्ये पछाडिको सिटमा बसेका तीनजनाले चालक मेघबहादुरको घाटीमा गलबन्दीले पासो लगाएर हत्या गरेको खुल्यो । हत्यालगत्तै उनीहरुले मेघबहादुरका साथमा रहेको रकम र मोबाइलसमेत लुटेका थिए । घटनालगत्तै आरोपीहरुमध्ये दुईजना श्याम लामा र विनोद लामा पक्राउ परे । उनीहरु दुवैजना त्यही बेलादेखि पुर्पक्षका लागि थुनामा थिए ।

जिल्ला अदालत भक्तपुरले २०७८ भदौ ३ गते मेघबहादुरको हत्याका अभियुक्तबारे फैसला गर्दै जनही २० वर्ष कैद सजाय हुने फैसला गर्‍यो । अभियुक्तमध्ये दुईजना भने फरार थिए । त्यसमध्ये एक जनालाई भने उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले १५ वर्षपछि बिहीबार राति पक्राउ गर्न सफल भएको छ ।

बिहीबार कार्यालयको टोलीले मेघबहादुरको हत्याका अभियुक्त वीरमान सिंह भनिने भूलन तामाङलाई पक्राउ गरेको हो । काभ्रे महाभारत गाउँपालिका–३ का तामाङलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई जिल्ला अदालत भक्तपुर पठाउने तयारी भएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिए । उनी प्रहरीको निरन्तरको प्रयासपछि पक्राउ परेका हुन् ।

कार्यालयका एसपी काजीकुमार आचार्यले हत्यालगत्तै पक्राउ परेका तामाङ पाँचवर्ष मलेसिया भागेर बसेको खुलेको छ । मलेसियाबाट नेपाल फर्किए पछि भने उनीहरु विभिन्न ठाउँमा लुकिछिपि बस्दै आएको थिए । बिहीबार भने प्रहरीले पक्राउ गर्न सफल भएको जनाएको छ ।

मेघबहादुरको हत्यामा संलग्न एक जनाको समेत खोजी तीव्र पारिएको कार्यालयका एसपी आचार्यले बताए । पक्राउ परेका तामाङले मदिरा सेवनका कारण मेघबहादुरको हत्या गर्न पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या