२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोजरले खसालेको ढुङ्गा लागेर बालकको मृत्यु

१२ फाल्गुन २०८१, सोमबार १७:२२

काठमाडौँ | सडक बनाइ रहेको डोजरले खसालेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ भने आमा सक्त घाइते भएकी छन् ।
मृत्यु हुनेमा सोरु गाउँपालिका वडा न १० धैन गाउँ निवासी नौले नेपाली र कल्पना नेपालीका १० वर्षिय छोरा लोकजङ्ग नेपाली रहेको र लोकजङ्गको आमा कल्पना नेपाली सक्त घाइते भएको स्थानीय आशिष देवकोटाले जानकारी दिए ।

घरायसी कामको लागि हुम्ला गएर आइतवार घर फर्कर्दै गर्दा साँझ ६ बजे तिर गाउँ नजिक सडक खनी रहेको डोजरले खसालेको ढुङ्गा लाग्दा छोराको घटनास्थल मै मृत्यु भएको हो भने आमा घाइते भएकी हुन् ।

कर्णाली प्रदेश सरकारको लगानीमा दोमुख-गमगढी-नाक्चेलाग्ना सडक अन्तरगत सोरु गाउपालिका १० बजेदेखि दोमुखसम्म ठेकदारले सडकको ट्रयाक खोल्न काम गरिरहेको थियो । घाइते आमाको स्थानीय स्वास्थ्य चौकिमा उपचार भैरहेको र थप उपचारका लागि जिल्ला अस्पताल मुगु लिने तयारि भैरहेको घटना स्थलमा पुग्नु भएका प्रहरी निरिक्षक अचुत राज आचार्यले जानकारी गराए ।

आइतबार साझ घटना हुना बित्तिकै प्रहरी चौकी कालैबाट प्रहरी टोलि खटिइ घटना स्थलमा पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक अचुतराज रेग्मीको नेतृत्वमा सोमबार विहानै घटना स्थलमा घटनाको अनुसन्धान गर्न थप प्रहरी टोली पुगेको थियो ।

सडक निर्माण गर्दा सुरक्षाका उपाय नअपनाइ ठेकदार पक्षले लापरबाही गरी काम गर्दा यो घटना घटेको स्थानियहरुले आरोप लगाएका छन् ।
घटना कसरी घट्यो, सडक निर्माण कम्पनिले सुरक्षाका उपाय अपनायको थियो कि थिएन सबै कुरा प्रहरीले अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउने प्रहरी निरिक्षक आचार्यले बताए ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढिबाट ५० किमि सडक दुरिमा टाढा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता