१४ चैत्र २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९ महिना अन्तरिक्षमा बसेर फर्किएकी सुनिताले कति पैसा पाउँछिन् ?

११ चैत्र २०८१, सोमबार ११:२३

काठमाडौँ | विश्वप्रसिद्ध अन्तरिक्षयात्री सुनिता विलियम्स ९ महिनाको कठिन र जोखिमपूर्ण यात्रापछि हालै पृथ्वीमा अवतरण भएकी छन् । उनै अन्तरिक्षयात्री सुनिताबारे यतिबेला विश्वभर चर्चा भइरहेको छ ।

अन्तरिक्षबारे चासो नराख्नेहरुका लागि पनि सुनिताको यसपटकको यात्राबारे जान्ने इच्छा हुनु स्वभाविक छ । सुनिताको यो यात्राले नासामा मात्रै नभएर विश्वभर नै नयाँ इतिहास बनाएको छ । साथै यसअघि अमेरिकी सेनाको नेभी अफिसरको रुपमा काम गरिसकेकी सुनिताले नासाका लागि एक महत्वपूर्ण र ऐतिहासिक योगदान दिएकी छन् ।

खासगरी सुनिताको रोमान्चक र चमत्कारिक यात्राबारे धेरैलाई चासो भइरहेको छ । ९ दिनका लागि मात्रै अन्तरिक्ष यात्रामा निस्किएका सुनिता र उनका सहकर्मी बुच विलमोरले अन्तरिक्षमा ९ महिनासम्म बिताउनुपर्यो । जवकि सामान्यतया कुनै पनि अन्तरिक्षयात्रीका लागि यो अस्वभाविक हो । सामान्यतया ६ महिनासम्म अन्तरिक्षमा बिताउनुलाई पनि वैज्ञानिकहरु धेरै लामो समय मान्ने गर्छन् ।

को हुन् सुनिता ?
१९६५ को सेप्टेम्बर १९ मा जन्मिएकी सुनिता भारतीय मूलकी अमेरिकी नागरिक हुन् । उनका बाबु दीपक पान्डेको मूल थलो भारतको गुजरात हो । दीपक भने अमेरिकामै बसेका वरिष्ठ चिकित्सक हुन् । आमा भने स्लोभाकिया मूलकी अमेरिकी उर्सुलिन बोनी हुन् । सुनिता तीन सन्तानमध्ये कान्छी हुन् ।

सुनिता म्यासाचुसेट्सबाट हाइस्कुल सकेर १९८७ मा फिजिकल साइन्समा स्नातक सकेकी थिइन् । त्यसपछि उनले फ्लोरिडा इन्स्टिच्युट अफ टेक्नोलोजीबाट १९९५ मा इन्जिनियरिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरिन् । सुनिता पूर्वअमेरिकी सैनिक अधिकृत पनि हुन् । उनले पढाइ सकेर अमेरिकी सेनाको नेभीमा काम गरिन् । त्यस क्रममा उनले प्रारम्भिक रुपमा हेलिकप्टर पाइलटको तालिम लिएकी थिइन् ।

त्यसपछि उनलाई भर्जिनियाको नोर्फोकमा हेलिकप्टर कम्ब्याट सपोर्ट स्क्वाड्रनमा खटाइयो । त्यस क्रममा उनले भूमध्यसागर, रेड सी र पर्सियन गल्फ जस्ता महत्वपूर्ण क्षेत्रमा सैन्य तैनाथ गरिन् । १९९० पछि उनको पाइलटको यात्रा सुरु भएको थियो । त्यसक्रममा उनले ३० वटा फरक एयरक्राफ्ट र २ हजार ७७० फ्लाइट आवर गरेकी थिइन् । र अन्तरिक्षयात्रीको रुपमा छनोट हुँदा उनी युएसएस साइपान क्षेत्रमा तैनाथ थिइन् ।

यसरी सुनिताले १९९८ मा अन्तरिक्षयात्रा सम्बन्धी तालिम लिन थालिन् । त्यसबेला उनी मस्को गएर रोबोटिक्स र आइएसएस अपरेसन सम्बन्धी तालिम लिइन् । अन्तत २००६ को डिसेम्बर ९ मा उनले एसटीएस–११६ मिसन अन्तरगत ‘स्पेस सटल डिस्कभरी’को टिममा रहेर पहिलो अन्तरिक्षयात्रा गरिन् ।

विलियमले २०१२ को जुलाइमा दोस्रो अन्तरिक्ष यात्रा गरेकी थिइन् । सोयुज टीएमए–०५ मिसनको टिमबाट उनले दोस्रो यात्रा गरेकी थिइन् । उनी त्यस क्रममा फ्लाइट इन्जिनियरको रुपमा थिइन् । त्यस क्रममा उनी १२७ दिन अन्तरिक्षमा बिताएर नोभेम्बर ११ मा पृथ्वीमा अवतरण गरेकी थिइन् । यसरी उनका दुई अन्तरिक्ष यात्राको समग्र समय हिसाब गर्दा ३२१ दिन भइसकेको थियो।

यसैगरी २०१५ मा विलियम नासाको कमर्सियल क्रुका लागि छनोट भइन् । चार जनाको टोलीमा विलियम पनि एक हुन् । र यसका लागि दुई नयाँ निजी अन्तरिक्ष यान स्पेस एक्स र बोइङको संयोजन थियो ।

यो मिसनको लागि पहिलो उडान २०२२ मा तय गरियो जहाँ सुनिता पनि एक थिइन् । सुनिता र उनका सहयात्री बुच विलमोर २०२४को जुनमा पृथ्वी छाडेर अन्तरिक्ष यात्रामा निस्किए । विलमोर कमान्डर थिए भने विलियम्स पाइलट ।

उडानको क्रममा अन्तरिक्षयात्रामा रहेको यानको पाँचवटा इन्जिनमा समस्या उत्पन्न भएर हेलियम लिक भएको पत्ता लाग्यो । तर नासाले उक्त यान स्टारलाइनलाई फेरि सुरक्षित रुपमा प्रवेश गर्नसक्ने नभएसम्म पृथ्वीमा फिर्ता गर्न ढिला गर्यो ।

नासाले २०२४ को अगस्टमा सुरक्षा चासोका कारण अन्तरिक्ष यात्राको लागि पठाइने अर्को यान स्पेस एक्स क्रुमा चार जनाको सट्टा दुई जनालाई मात्रै पठाउने घोषण गरेको थियो । र २०२५ को फेब्रुअरीमा विलियम र विलमोर अवतरण गर्ने बताएको थियो।

तर उनीहरुको पृथ्वी फर्किने समय झनै लम्बिएर मार्च १८ मा मात्रै सम्भव भयो । यतिन्जेलसम्म उनीहरुले अन्तरिक्षमा ९ महिना बिताइसके । यसपटक सुनिता र विलमोरले २८६ दिन अन्तरिक्षमा बिताए । यसरी सुनिता विलियमले तीनवटा यात्रा जोडेर अन्तरिक्षमा मात्रै बिताएको पूरा समय हिसाब गर्दा ६७५ दिन भएछ ।

जे भए पनि सुनिता सफल रुपमा पृथ्वीमा अवतरण भइसकेकी छन् । यसबीचमा उनको यात्रा कति रोमान्चक थियो वा कठिन थियो भनेर धेरैलाई कौतुहलता लाग्नु स्वभाविक नै हो । तर इतिहास रच्ने नासाको वैज्ञानिकको रुपमा सुनिताले आर्थिक रुपमा कति कमाइ गर्छिन् भन्ने थप रोचक हुनसक्छ ।

सुनिताले कति कमाउँछिन् ?

अमेरिकी सरकारी तलब स्केल अनुसार नासाको अन्तरिक्षयात्रीले पाउने पारिश्रमिक ‘जीएस–१३ देखि जीएस–१५’ सम्म हो । अर्थात् सरकारी उच्चस्तरीय प्राविधिकले पाउने तलब स्केल हो । उच्च अनुभवी अन्तरिक्षयात्रीको रुपमा विलियम्सले पाउने तलब स्केल ‘जीएस–१५’ श्रेणीमा पर्ने बताइन्छ ।

यो श्रेणीका कर्मचारीको वार्षिक पारिश्रमिक सामान्यतया १ लाख ५२ हजार २५८ अमेरिकी डलरदेखि १ लाख ६२ हजार ६७२ हुन्छ । अर्थात् यसलाई नेपाली रुपैयाँमा हिसाब गर्दा कम्तिमा २ करोड ९ लाख ४९ हजार रुपैयाँ हुन जान्छ । यो सुनिताले अमेरिकी सरकारबाट वार्षिक रुपमा पाउने नियमित तलब हो । यसबाहेक उनले अन्तरिक्षमा जाँदा अतिरिक्त रकम पाउँछिन् ।

सुनिता विलियम्सको पछिल्लो अन्तरिक्ष मिशन २८७ दिन लामो रह्यो । यस अवधिको लागि उनको अनुमानित तलब ९३ हजार ८५० देखि १ लाख २२ हजार ४ अमेरिकी डलर (करिब १ करोड २४ लाखदेखि १ करोड ६१ लाख रुपैयाँ) हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस अतिरिक्त उनले अन्तरिक्षमा बस्दा दैनिक भत्ता स्वरूप ४ डलर प्रतिदिन पाउँछिन् । जसले २८७ दिनको लागि १ हजार १४८ अमेरिकी डलर (करिब १ लाख ५७ हजार रुपैयाँ) हुन्छ।

यस आधारमा उनको कुल कमाइ ९४ हजार ९९८ देखि १ लाख २३ हजार १५२ अमेरिकी डलर (करिब १ करोड २५ लाखदेखि १ करोड ७० लाख रुपैयाँ) अनुमान गरिएको छ। तलब र अन्तरिक्ष यात्रसमेत गरेर उनले ३ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम पाउन सक्ने देखिएको छ ।

यो त भयो सामान्य पारिश्रमिकको रकम मात्रै । यसबाहेक नासाको अन्तरिक्षयात्रीले सरकारबाट पाउने सुविधा कुनै पनि उच्चपदस्थ अमेरिकी नागरिकभन्दा व्यापक छ । विलियम्सका लागि प्रसस्त मात्रामा स्वास्थ्य बिमा, एड्भान्स मिसन तालिम, मनोवैज्ञानिक सहायता र व्यापक रुपमा यात्राको लागि खर्च पनि नासाले दिने गर्छ ।

विलियम्स आफ्ना पति माइकेल जे विलियम्ससँग टेक्सासमा बस्छिन् । जसको साथमा ५ मिलियन अमेरिकी डलरको सम्पत्ति छ । तर विलियम्सका लागि अब पैसा वा तलबको कुनै महत्व रहेन । उनले यति फराकिलो प्रसिद्धि पाएकी छन् यसले जीवनभर उनलाई स्वर्ण सम्झना दिइरहनेछ । यसपटकको अन्तरिक्ष यात्राले विलियम्स एक वैज्ञानिकका लागि मात्रै नभएर उनका कयौं पुस्तासम्मलाई अमूल्य गौरव प्रदान गर्नेछ ।

ठोस रुपमा हेर्दा भने भविष्यमा विलियम्सका अन्तर्वार्ता, फिल्म, पुस्तक जस्ता सिर्जनशील कामहरु प्रसस्त हुने नै छन् । यसका लागि विलियम्सले इच्छा र माग गरेअनुसार कमाउन सक्नेछिन् । तर यसरी कमाउने रकमभन्दा पनि धैर्य र साहसको प्रतिमूर्तिको रुपमा एक महिला वैज्ञानिकले पाएको जुन स्तरको प्रसिद्धि छ यसले अर्बौं बराबरको वहुमूल्य पारिश्रमिक दिइरहनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्प प्रसाशनद्वारा अमेरिकामा कार आयात गर्दा २५ प्रतिशत कर लगाउने घोषणा आफ्नै देवरले गरे भाउजुको हत्या, दाजु घाइते आज पनि प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीसँग प्रश्नोत्तरको तयारी, बिपक्षीले अबरोध गर्नसक्ने कुलमानसँगै हितेन्द्रदेव किन पुगे सर्वोच्च अदालत ? रास्वपालाई ओलीले भने: हतियार उठाएर थाकेकाको पछि नलाग्नू बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु सर्लाहीको गेस्ट हाउसमा युवती मृत फेला आगलागीबाट सेन्ट्रल प्लाजाको ३ वटा तलामा क्षति, उद्धारमा खटिएका सुरक्षाकर्मीसहित ७ जना घाइते पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान सर्वोच्चमा ‘एउटा कर्मचारीको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक’ सरकारले एउटा कर्मचारी हटाउँदा छाती पिटीपिटी रोएः प्रधानमन्त्री ओली बाँदरलाई धपाउन राखेको विद्युतीय तारमा परेर महिलाको मृत्यु डोल्पाकी एक अविवाहित युवतीको कथा : पेट दुखेर जँचाउन आउँदा देखियो बच्चा ! कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड एसईई दिएर घर फर्केकी किशोरी मृत भेटिइन्, घटनास्थलमा ‘सुसाइड नोट’ पूर्व अध्यक्ष गणेश थापालाई कारवाहीका लागि पत्राचार गर्ने एन्फाको निर्णय विद्युत् प्राधिकरण अगाडि कुलमान समर्थकको प्रदर्शन दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री मुख्यमन्त्री सिंहको निर्देशन अटेरी गर्ने साह पक्राउ