२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिवशंकर हत्या प्रकरण : श्रीमती पक्राउ, मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान

२०८१, ११ चैत्र सोमबार १४:३९

धनुषा | धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनकी श्रीमती सिर्जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवारका अनुसार, शुक्रबार साँझ गौशाला नगरपालिका–८ सागरनाथ वनमा रेल्वे ट्र्याक नजिकै शिवशंकरको शव फेला परेको थियो।

प्रहरीले शवको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको र शवलाई घिसारेर अन्यत्र लैजान खोजेको जस्तो देखिएको जनाएको छ। शवको सनाखत आइतबार भएको थियो भने हाल पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।

शिवशंकर बिहीबार श्रीमती सिर्जना र १० महिने छोरासहित ससुराली बर्दिबास नगरपालिका–५, पशुपतिनगर जान निस्किएका थिए। मृतकका भाइ राम महतोका अनुसार, महेन्द्रनगरसम्म एउटै मोटरसाइकलमा पुगेपछि सिर्जनाले माइतबाट थप दुईवटा मोटरसाइकल बोलाएकी थिइन्। एउटा मोटरसाइकलमा सिर्जना छोरा लिएर गइन् भने अर्को मोटरसाइकलमा शिवशंकरलाई लैजाने व्यक्ति पहिचान भइसकेको डीएसपी जयसवारले जानकारी दिए।

शिवशंकर मुम्बईबाट करिब डेढ महिना पहिले मात्रै घर फर्किएका थिए। परिवारका अनुसार, केही दिनअघि ससुरालीमा भएको विवादपछि शिवशंकरमाथि कुटपिट भएको थियो। त्यसयता उनी पुनः ससुराली जान मानेका थिएनन्। तर, श्रीमती सिर्जनाले ‘नाना बिते’ भन्दै उनलाई जान बाध्य बनाएको भाइ रामले बताए।

प्रहरीले पारिवारिक विवाद र प्रेम सम्बन्ध जस्ता कोणबाट समेत अनुसन्धान जारी राखेको जनाएको छ। सिर्जनालाई हिजो पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको डीएसपी जयसवारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने