१४ चैत्र २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरको निलबाराहीमा मृत भेटिएका पुरुषको हत्या भएको अनुसन्धान निष्कर्ष

११ चैत्र २०८१, सोमबार १४:५७

भक्तपुर | भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित बोडेमा आइतबार बिहान ६६ वर्षीय पुरुष मृत भेटिए । बिहान पौने ६ बजेतिर निलबाराहीस्थित पिकनिक स्पटमा रगतपच्छे भएर मानिस लडेको देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । मृतक खोटाङको कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई हुन् ।

मध्यपुर थिमि क्षेत्रमा कवाडी सङ्कलन गरेर गुजारा चलाउने राई बोडेमा आफ्ना छोरासँग बस्दै आएका थिए । छोरा पठाओ राइडर हुन् । निलबाराहीको पिकनिक स्पट नजिकैको भागमा उनको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले सोमबार भने, ‘उहाँको हत्या भएको देखिन्छ, आरोपीहरूबारे अनुसन्धान गर्दैछौँ ।’

राईको टाउको र दाहिने कानको छेउमा चोट देखिएको छ । हत्यामा संलग्न आशङ्कामा प्रहरीले सशंकितहरुलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ । जङ्गल क्षेत्रमा सीसीटिभी नभएको हुनाले अनुसन्धान असहज भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोजर लिएर हाकिमकै घर भत्काउन पुगे कर्मचारी, बालेनको बिरोध (भिडियो सहित) काठमाडौँमा शुक्रबार सकेसम्म बाहिर ननिस्कन अष्ट्रे‍लियाली दूतावासले गर्‍यो अपिल नेप्सेमा ४१ अंकको वृद्धि हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला संविधानसभाबाट बनेको संविधानको विकल्प छैन, हामी डगमगाउँदैनौँ : उपप्रधानमन्त्री सिंह प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित दुई प्रहरी जवानलाई निलम्बन गर्न सिडियो आदेश ! कुलमानको विषयलाई लिएर प्रतिपक्षले संसद् अवरुद्ध पार्नु संविधानविपरीत : महेश बर्तौला हितेन्द्र र कुलमानको रिट एकसाथ दर्ता, शुक्रबारकै पेसी राजसंस्थाको ब्यानर बोकेर माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी पक्राउ पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ- शेरबहादुर देउवा प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ: सांसद किराँती  राजसंस्था पुनर्स्थापना समितिले बनायो दुर्गा प्रसाईंलाई जनकमान्डर ओलीले जवाफ नदिने, प्रतिपक्षीले प्रधानमन्त्री नबोले सदन चल्नै नदिने एएफसी वुमन्स एसियन कपको छनोटमा नेपाल र उज्वेकिस्तान एकै समूहमा  पाटन क्याम्पसमा रोकिएको स्ववियु चुनाव १६ चैतमा कुलमानलाई हटाउँदा प्रशंसा गर्नुपर्ने हो, गाली गरियोः ओली राष्ट्रिय परिचयपत्र बनाउन गएका ७० वर्षीय बृद्धको प्रशासन कार्यालयमै लडेर मृत्यु हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सर्वोच्चले सच्याउन पठायो