२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

 दाङको बंगलाचुलीमा ९ वर्षीया बालिका बलात्कृत, वडाध्यक्षले गराए मिलापत्र

२०८१, १७ चैत्र आईतवार १७:२६

काठमाडौँ  | बंगालाचुली गाउँपालिकामा ९ वर्षीया बालिका बलात्कारको शिकार भएकी छन् । गत माघ २४ गते आफन्तको घरमा गएकी ती नाबालिगलाई राति १० बजे १८ वर्षीय केशव खत्रीले बलात्कार गरेको घटना करिब अढाई महिनामा सार्वजनिक भएको हो ।

आमा दिवंगत भइसकेको र बुवा रोजगारीका लागि भारतमा गएका बेला आफन्तको घरमा जाँदा हाडनाताभित्रकै युवकले बलात्कार गरेका हुन् । ती नाबालिग रमिला (परिवर्तित नाम)ले पेट दुख्यो भनेर निकै रून थालेपछि उनलाई उपचारका लागि उनका अंकलले चैत २ गते घोराहीको बुद्ध हस्पिटल लगेका थिए । चेकजाँचका क्रममा चिकित्सकले उनको योनांगमा घाउ देखिएपछि एक्लै राखेर सोधपुछ गरेको र उनले आफन्त पर्नेले जबरजस्ती बलात्कार गरेको खुलाएकी थिइन् ।

हस्पिटल स्रोतका अनुसार नाबालिग रमिलाको योनांगमा घाउ भएको र घाउमा खाटा लागेको छ । पहिले चिकित्सकसँग घटनाबारे बताएकी रमिलाले पछि अंकलसँग पनि सबै कुरा बताएकी थिइन् । भतिजी बलात्कार भएको थाहा पाएपछि उनले भारतको दार्जिलिङमा रहेका आफ्ना दाइलाई घटनाबारे जानकारी गराएका थिए ।

नाबालिग छोरी बलात्कार भएको खबर पाएपछि घर आएका रमिलाका बुवा सुरूमा न्यायका लागि वडा कार्यालय गए । वडा कार्यालयमा अध्यक्ष डोमबहादुर केसीले गाउँको कुरा गाउँमै मिलाउनुपर्ने भन्दै पीडकका बावु र पीडितका बावुबीच यही चैत १३ गते मिलापत्रको कागज गराएको खुलेको छ ।

‘छोरी बलात्कार भएको भाइले खबर गरेपछि म घर आँए’ पीडित रमिलाका बावुले  भने, ‘वडा कार्यालयमा जाँदा वडाध्यक्षले यतै मिलापत्र गरौँ भन्नुभयो । अनि मिलापत्र गर्‍यौं ।’

उनका अनुसार आगामी दिनमा गल्ती नदोहोर्‍याउने र फेरि गल्ती गरे कानूनी उपचार खोज्ने उल्लेख छ । वडाध्यक्ष केसीले पनि बलात्कार घटनाको वडा कार्यालयमा मिलापत्र गराइएको स्वीकार गरेका छन् ।

पहिला बलात्कार भएको भन्दै निवेदन आएको र पछि गाउँको घटना गाउँमै मिलाउने भनेर चैत १३ गते मिलापत्र गराइएको उनले बताए । उनका अनुसार मिलापत्रको कागज वडा कार्यालयमै राखिएको छ । केसी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

बलात्कारको घटनाको मिलापत्रको कागज वडा कार्यालयकै कर्मचारी रामबहादुर घर्तीले लेखेको पाइएको छ । बलात्कारको निवेदन आएपछि प्रहरीमा पठाउनुको सट्टा वडाध्यक्षले नै मिलापत्र गराइएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढेको छ । यो घटनाको सूचना हालसम्म पनि प्रहरीमा पुगेको छैन ।

जिप्रका दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले यस विषयमा सूचना आइनपुगेको भन्दै प्रहरीले गम्भीर भएर अनुसन्धान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश