५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

 दाङको बंगलाचुलीमा ९ वर्षीया बालिका बलात्कृत, वडाध्यक्षले गराए मिलापत्र

१७ चैत्र २०८१, आईतवार १७:२६

काठमाडौँ  | बंगालाचुली गाउँपालिकामा ९ वर्षीया बालिका बलात्कारको शिकार भएकी छन् । गत माघ २४ गते आफन्तको घरमा गएकी ती नाबालिगलाई राति १० बजे १८ वर्षीय केशव खत्रीले बलात्कार गरेको घटना करिब अढाई महिनामा सार्वजनिक भएको हो ।

आमा दिवंगत भइसकेको र बुवा रोजगारीका लागि भारतमा गएका बेला आफन्तको घरमा जाँदा हाडनाताभित्रकै युवकले बलात्कार गरेका हुन् । ती नाबालिग रमिला (परिवर्तित नाम)ले पेट दुख्यो भनेर निकै रून थालेपछि उनलाई उपचारका लागि उनका अंकलले चैत २ गते घोराहीको बुद्ध हस्पिटल लगेका थिए । चेकजाँचका क्रममा चिकित्सकले उनको योनांगमा घाउ देखिएपछि एक्लै राखेर सोधपुछ गरेको र उनले आफन्त पर्नेले जबरजस्ती बलात्कार गरेको खुलाएकी थिइन् ।

हस्पिटल स्रोतका अनुसार नाबालिग रमिलाको योनांगमा घाउ भएको र घाउमा खाटा लागेको छ । पहिले चिकित्सकसँग घटनाबारे बताएकी रमिलाले पछि अंकलसँग पनि सबै कुरा बताएकी थिइन् । भतिजी बलात्कार भएको थाहा पाएपछि उनले भारतको दार्जिलिङमा रहेका आफ्ना दाइलाई घटनाबारे जानकारी गराएका थिए ।

नाबालिग छोरी बलात्कार भएको खबर पाएपछि घर आएका रमिलाका बुवा सुरूमा न्यायका लागि वडा कार्यालय गए । वडा कार्यालयमा अध्यक्ष डोमबहादुर केसीले गाउँको कुरा गाउँमै मिलाउनुपर्ने भन्दै पीडकका बावु र पीडितका बावुबीच यही चैत १३ गते मिलापत्रको कागज गराएको खुलेको छ ।

‘छोरी बलात्कार भएको भाइले खबर गरेपछि म घर आँए’ पीडित रमिलाका बावुले  भने, ‘वडा कार्यालयमा जाँदा वडाध्यक्षले यतै मिलापत्र गरौँ भन्नुभयो । अनि मिलापत्र गर्‍यौं ।’

उनका अनुसार आगामी दिनमा गल्ती नदोहोर्‍याउने र फेरि गल्ती गरे कानूनी उपचार खोज्ने उल्लेख छ । वडाध्यक्ष केसीले पनि बलात्कार घटनाको वडा कार्यालयमा मिलापत्र गराइएको स्वीकार गरेका छन् ।

पहिला बलात्कार भएको भन्दै निवेदन आएको र पछि गाउँको घटना गाउँमै मिलाउने भनेर चैत १३ गते मिलापत्र गराइएको उनले बताए । उनका अनुसार मिलापत्रको कागज वडा कार्यालयमै राखिएको छ । केसी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

बलात्कारको घटनाको मिलापत्रको कागज वडा कार्यालयकै कर्मचारी रामबहादुर घर्तीले लेखेको पाइएको छ । बलात्कारको निवेदन आएपछि प्रहरीमा पठाउनुको सट्टा वडाध्यक्षले नै मिलापत्र गराइएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढेको छ । यो घटनाको सूचना हालसम्म पनि प्रहरीमा पुगेको छैन ।

जिप्रका दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले यस विषयमा सूचना आइनपुगेको भन्दै प्रहरीले गम्भीर भएर अनुसन्धान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता