४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न

२२ चैत्र २०८१, शुक्रबार १५:१५

काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनबारे सरकारले पूर्वतयारी नगर्नुको कारणबारे प्रश्न गरेका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै उनले सरकारले कस्ता सूचना राखेको थियो ? सम्भावित दुर्घटनाबारेका विश्लेषण लगायतबारे प्रश्न गरे ।

‘हाम्रो दलसहित समाजवादी मोर्चाले कार्यक्रम गरेको थियो । हाम्रो कार्यक्रमपछिमात्रै यो कार्यक्रम तय भएको थियो,’ उनले प्रश्न गरेका छन्, ‘यस्तो क्रममा सरकारले सूचना संकलन कसरी गर्‍यो ? हाम्रो अनुसन्धान जो एउटा विभाग छ, यसले कसरी काम गर्‍यो ?’

उनले थप प्रश्न अघि सारेका छन्, ‘के विश्लेषण थियो ? कसरी आयो ? पूर्वतयारी किन हुन सकेन ?’आफ्नो दलले यस्ता गतिविधि हुनसक्ने भन्दै पार्टीको अभियान नै रोकेर केन्द्रित हुँदा सरकारले गम्भीर रुपमा नलिएको बताए ।

‘हामीले समाजवादी मोर्चाको तर्फबाट पहिल्यैदेखि नै देशमा एक किसिमको वातावरण आइरहेको छ है भने, अभियानका विभिन्न कार्यक्रम समेत रोकेर आएका थियौं,’ पाण्डेले भनेका छन् । उनले तीनकुने घटनाको मुख्य जिम्मेवारबारे सरकारले जनतालाई जानकारी गराउनुपर्ने बताए ।‘राजावादी भनेर सबैलाई दोष लगाएर हुँदैन । मुख्य योजनाकार त थाहा हुनुपर्‍यो नि,’ पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता