२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न

२०८१, २२ चैत्र शुक्रबार १५:१५

काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनबारे सरकारले पूर्वतयारी नगर्नुको कारणबारे प्रश्न गरेका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा भाग लिँदै उनले सरकारले कस्ता सूचना राखेको थियो ? सम्भावित दुर्घटनाबारेका विश्लेषण लगायतबारे प्रश्न गरे ।

‘हाम्रो दलसहित समाजवादी मोर्चाले कार्यक्रम गरेको थियो । हाम्रो कार्यक्रमपछिमात्रै यो कार्यक्रम तय भएको थियो,’ उनले प्रश्न गरेका छन्, ‘यस्तो क्रममा सरकारले सूचना संकलन कसरी गर्‍यो ? हाम्रो अनुसन्धान जो एउटा विभाग छ, यसले कसरी काम गर्‍यो ?’

उनले थप प्रश्न अघि सारेका छन्, ‘के विश्लेषण थियो ? कसरी आयो ? पूर्वतयारी किन हुन सकेन ?’आफ्नो दलले यस्ता गतिविधि हुनसक्ने भन्दै पार्टीको अभियान नै रोकेर केन्द्रित हुँदा सरकारले गम्भीर रुपमा नलिएको बताए ।

‘हामीले समाजवादी मोर्चाको तर्फबाट पहिल्यैदेखि नै देशमा एक किसिमको वातावरण आइरहेको छ है भने, अभियानका विभिन्न कार्यक्रम समेत रोकेर आएका थियौं,’ पाण्डेले भनेका छन् । उनले तीनकुने घटनाको मुख्य जिम्मेवारबारे सरकारले जनतालाई जानकारी गराउनुपर्ने बताए ।‘राजावादी भनेर सबैलाई दोष लगाएर हुँदैन । मुख्य योजनाकार त थाहा हुनुपर्‍यो नि,’ पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश