४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई

२२ चैत्र २०८१, शुक्रबार १७:१८

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बैैककमा शुक्रबार एक्लाएक्लै भेटवार्ता भएको छ।

प्रधानमन्त्री निकटले दिएको जानकारी अनुसार बैंककस्थित मोदी बसेकै होटल म्यान्डारिन ओरियन्टलमा दुई शीर्ष नेताबीच भेट भएको हो। उनीहरूबीच करिब ३५ मिनेट भेट भएको बताइएको छ। भारतीय प्रधानमन्त्री मोदी बिहीबार नै बैँकक पुगेका हुन्।

प्रधानमन्त्री ओली गत चैत १९ गते मंगलबार बैंकक प्रस्थान गरेका थिए। उनी बिमस्टेक बैठकमा सहभागी हुन बैँकक पुगेका हुन्।

उनले थाई प्रधानमन्त्री पे थोङ थान् शिनावातसँग २० गते द्विपक्षीय औपचारिक वार्ता गरेका थिए।

बिहीबार बिहान व्यवसायीहरूको टोलीसँग भेटेका उनले बिहीबार दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा सम्बोधन पनि गरेका थिए। बिहीबार साँझ भने उनी बिमस्टेक शिखर सम्मेलनका नेताहरूका लागि आयोजित रात्रिभोजमा सहभागी भए। शुक्रबार उनी बिमस्टेक सम्मेलनमा सहभागी हुनुका साथै सम्बोधन पनि गरेका छन्।

यसअघि पनि गत असोजमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो। यद्यपि प्रधानमन्त्री ओलीले सत्तारोहणपछि भारत भ्रमणको निम्तो भने पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता