२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो

२०८१, २२ चैत्र शुक्रबार १७:३३

काठमाडौँ | पुतलीसडकस्थित अल्टिमा लाइफस्टाइल्सको नयाँ स्टोर अगाडि राखिएको साइनबोर्ड प्रहरीले हटाएको छ । शुक्रबार बिहान स्टोर उद्घाटन हुन नपाउँदै ग्राहकको भीड अनियन्त्रित भएपछि प्रहरीले सुरक्षा स्थितिलाई ख्याल राख्दै अल्टिमासँग सल्लाह गरेर साइनबोर्ड हटाएको हो ।

यससँगै कम्पनीले स्टोर उद्घाटन कार्यक्रम पनि केही समयका लागि स्थगित गरेको छ । साथै, नयाँ वर्षको अफर पनि तत्कालका लागि रोकिएको कम्पनीले जनाएको छ ।

अल्टिमाले पुतलीसडकस्थित स्टोरमा ‘फ्युजन ३६०’ किन्ने सुरुवाती ८२ जना ग्राहकलाई इयरबड्स ३६० रुपैयाँमा दिने अफर सार्वजनिक गरेको थियो । उक्त अफरका कारण शुक्रबार बिहान ५ बजेदेखि नै स्टोरबाहिर भीड बढ्न थालेको थियो ।

स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि सुरक्षाकर्मीको सहयोगमा भिड व्यवस्थापन गरिएको थियो । अवस्था सामान्य बनेपछि मात्र पुन: उद्घाटन र अफरको घोषणा गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश