काठमाडौँ | गणेशमान सिंह प्रष्ठिानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा भारतीय बहुजन पार्टीका नेताहरु सहभागी भएका छन् । उक्त पार्टीका प्रवक्ता तथा भारत यात्रा कोषका अध्यक्ष सुधिन्द्र भदोरिया र नेता जाभेद अहमद आज कार्यक्रममा सहभागी भएका हुन् ।
उनीहरु हिजो दिउँसो इण्डिगो एअरको उडानमा साढे १ बजे काठमाडौं आइपुगेका थिए । कार्यक्रम सुकेधारास्थित मर्कर होटलमा भइरहेको छ । भारतीय पाहुनाको बस्ने प्रबन्ध पनि सोही होटलमा मिलाइएको कार्यक्रम आयोजक संस्थाका अधिकारीहरुले जनाएका छन् ।