४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरका शिक्षक, कर्मचारीहरुले आज कालो मास्क लगाएर मौन जुलुस निकाल्दै

२५ चैत्र २०८१, सोमबार ११:५९

काठमाडौँ | काठमाडौँ केन्द्रित आन्दोलनलाई निरन्तरता दिइरहेका देशभरका शिक्षक, कर्मचारीहरुले आज सोमबार कालो मास्क लगाएर मौन जुलुस निकाल्ने भएका छन्।

यसअघि हिजो आइतबार सिट्ठी जुलुस निकालिएको थियो। आज कालो मास्क लगाएर काठमाडौँको माइतघर मण्डलामा भेला भइ मौन जुलुस निकालिने भएको हो।विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग अघि सार्दै नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो। यसबीचमा सरकारले पटकपटक वार्तामा बस्न बोलाए पनि आन्दोलनकारीले अस्वीकार गर्दै आएका छन्।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मौन जुलुसमा सहभागी हुन आग्रह गरेका छन्।

उनले भनेका छन्–
‘कालो मास्कसहित ११ः०० बजे माइतीघर मण्डलामा उपस्थित हुनुहुन सबै शिक्षक–कर्मचारी साथीहरुमा हार्दिक अनुरोध छ।

काठमाडौँ आइपुग्न बाँकी रहेका आदरणीय साथीहरू, अब त स्कुल सबै बन्द भए, अब काठमाडौँ आउन कुनै बाधा छैन। हामी तपाईंलाई पर्खिरहेका छौं। सम्झिरहेका छौं। तपाईलाई काठमाडौँमा भेटेर सँगै जुलुसमा जान र नारा लगाउन मन छ। के हामीलाई त्यो अवसर प्राप्त होला? तपाईंहरु काठमाडौ कहिले आउनुहुन्छ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता