२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक छ : प्रदीप ज्ञवाली

२०८१, २५ चैत्र सोमबार १८:१५

काठमाडौँ | नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल–भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उनले नेपाल र भारत नजिकका साथी भएको कारण कुनै पनि विषयमा रहेका समस्याहरू संवादमार्फत समाधान गर्न सकिने उल्लेख गरे ।

विश्व परिस्थितिमा आएको गतिशीलताले नेपाल–भारतसँगै दक्षिण एसियालाई नै सहकार्य र पारस्परिक समझदारीको बाटोमा अगाडि बढ्नको लागि आह्वान गरिरहेको उनको भनाइ छ । उनले नेपालको विकास र छिटो रूपान्तरण हुने चाहनामा भारत अझै उदार भएर सहयोग बन्नुपर्नेमा उनको जोड छ ।

उनले भने, ‘नेपाल–भारत सम्बन्ध बहुआयामिक छ । हामी असाध्यै नजिकका साथीहरू हौँ । नजिकको साथी भएको हुनाले कहिले कहीँ केही इस्युहरुमा समस्याहरू देखा पनि पर्न सक्छन् । त्यसमा समाधान गर्न नसकिने कुनै पनि विषय छ जस्तो मलाई लाग्दैन । विश्व परिस्थितिमा नयाँ नयाँ डाइनामिक्सहरु आइरहेका छन् । त्यो डाइनामिक्सले नेपाल-भारत सम्बन्धलाई र दक्षिण एसियालाई अझै बढी घनिष्ठ र सहकार्यको बाटोबाट, पारस्परिक समझदारीको बाटोबाट अगाडि बढ्नका निम्ति आह्वान गरिरहेको छ । भारतले जसरी तरक्कि गरिरहेको छ त्यो तरक्कीसँग नेपाल पनि कुनै न कुनै हिसाबले जोडिन चाहन्छ । छरछिमेकमा आइरहेका विकासहरूसँग सँगै छोटो समयमा जनतालाई एउटा सुखी जीवन दिने नेपाली राजनीतिक दलहरूको चाहना छ । नेपालको विकासको चाहनामा, विकासमा छिटो रूपान्तरण चाहने नेपालको चाहानामा भारत अझै बढी उदार भएर सहयोगी बनोस् । म यो आग्रह पनि गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश