२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाइ वाइको नयाँ स्वाद ‘हट एण्ड स्पाइसी नुडल्स’ को उत्कृष्ट टिकटक बनाउनेलाई १० हजार पुरस्कार

२०८१, २६ चैत्र मंगलवार ११:५१

काठमाडौँ | चाउचाउ ब्रान्ड वाइवाइले नयाँ स्वादमा ‘वाइवाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ। ५० रुपैयाँ मूल्यमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै प्रस्तुत गरिएको हो।

विगत चार दशकदेखि वाइवाइले नेपालमा मात्र नभई, विश्व बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। उपभोक्ताको बदलिँदो स्वाद र रोजाइलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न स्वादका नयाँ विकल्पहरू बजारमा ल्याउँदै आएको छ।हालै बजारमा ल्याइएको यो हट एण्ड स्पाइसी नुडल्स पनि उपभोक्ताहरूको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ। यस नयाँ उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउनेछ र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।

वाइवाइले हालसालै ‘स्पाइसवर्स टिकटक च्यालेन्ज’ नामक प्रतिस्पर्धा पनि सुरू गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबै भन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।‘१५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौं। प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरिएको हो’, कम्पनीका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले भने।

हट एण्ड स्पाइसी नुडल्समा पिरो स्वादलाई सन्तुलित ढङ्गले प्रस्तुत गरेकाले उपभोक्तालाई नयाँ अनुभव दिने सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी