४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे

२६ चैत्र २०८१, मंगलवार १७:३६

काठमाडौँ | नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि काठमाडौँमा आन्दोलन गरिरहेको महासंघले आन्दोलनको समीक्षासहित थप रणनीति तय गर्न बैठक बोलाएको हो ।‘आन्दोलनको समीक्षा बैठकमा छौँ,’ आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

सरकारले फेरि वार्ताको लागि बोलाएपछि महासंघको बैठक बसेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक-कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई बोलाएको छ ।

सरकारले वार्ताको मिति बुधबार भोलिको लागि तोकेको छ । वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिने मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरोकारवाला सरकारी पक्षसँग छलफल गरेपछि शिक्षकहरूलाई वार्ताको लागि पुनः बोलाएको हो ।

यसपटक शिक्षकहरू वार्तामा सहभागी हुने विश्वास सरकारको छ । यसअघि दुई पटक बोलाएको वार्तालाई महासंघले अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा