२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपप्रधानमन्त्री सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका कामहरू गर्नुपर्ने बताए

२०८१, २८ चैत्र बिहीबार १२:२४

काठमाडौँ | उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका कामहरू गर्नुपर्ने बताएका छन् । बिहीबार अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले प्रचारबाजीको लागि मात्र नभएर जनताले महसुस गर्ने गरी नै काम गरेर देखाउने समय आइसकेको बताए ।

‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्‍यौँ ,त्यो गर्‍यौँ भन्ने होइन कि जनताले महसुस गर्ने गरी नै काम गरेर देखाउने समय आइसकेको छ। त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ। जे जति योजनाहरू हामीले अहिले सम्पन्न गरेको छौँ । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरूलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ।’ उनले भने ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले बाग्मती नदी किनारमा रहेका मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्धार गरिएको पनि उनले बताए । धेरै सम्पदाहरू रहेको बाग्मती नदी किनारमा हेरिटेज वाकको चर्चा भए पनि काम प्रभावकारी हुन नसकेकोप्रति उपप्रधानमन्त्री सिंहले असन्तुष्टि व्यक्त गरे । ‘हेरिटेज वाकलाई कार्यान्वयन गर्नका लागि कहाँ कहाँ कमजोरी भएका छन्, काम भइरहेको तर सदुपयोग हुन सकेको छैन । हेरिटेज वाक शीर्षकमा पढ्छौँ तर आम नेपाली जनतालाई अत्तोपत्तो छैन ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘कुनै पनि काम गर्दा स्थानीयहरू, स्थानीय पालिका,वडालाई पनि साथैमा लिएर, उहाँहरूलाई चित्त बुझाएर हामीले काम गर्दा राम्रो हुन्छ भन्ने पाठ सिक्नुपर्छ ।’

हेरिटेज वाकदेखि कोरिडोरलाई व्यवस्थित गर्ने र वर्षाको समयमा देखिएको बाढीको नियन्त्रण गर्ने, नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा पनि सिंहले जोड दिए । त्यस्तै उनले नदीहरूको करिडोर बनाउने काम प्रभावकारी रूपमा अगाडि बढाउने पनि बताए । काठमाडौं उपत्यकाका नदीहरु फोहोर हुँदा दुर्गन्ध फैलिएको भन्दै उनले अब आउने बजेटमा बागमती, विष्णुमतीलगायतका सबै नदीमा दुर्गन्ध हटाउन र स्वच्छ बनाउन आवश्यक योजना बनाएर अघि बढ्ने पनि बताए ।

उनले भने, ‘हामीले गर्ने भनेको नदीहरूलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउन हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाय छैन । नदीहरूको करिडोर बनाउने जुन काम छ । त्यसलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रूपमा सुरु गर्न लाग्नुपर्छ । ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन