२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै रहेको बताए

२०८१, २८ चैत्र बिहीबार १५:३३

काठमाडौँ | नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावलाई गम्भीरतापूर्वक लिएको र तदनुरूप नीतिगत सुधार गर्दै देशमा लगानी मैत्री वातावरण सिर्जना गर्दै गइरहेको धारणा राखे । उनले भने, “सरकारले निजी क्षेत्रसँग साझेदारीमा काम गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधार गरेका छौँ । देश विकास सबै मिलेर गर्ने हो । हामी सहकार्यको त्यो नमुनामा काम गरिहेका छौँ ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले नीतिगत स्थिरता र स्थायित्वका लागि काम गरेको बताए । उनले लगानीको वातावरण सुधार गर्न विभिन्न कानुनमा महत्त्वपूर्ण परिवर्तन गरेको र यी कानुनी सुधारले पारदर्शिता बढाउने, प्रक्रियागत झन्झट कम गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास बढाएको बताए । उनले सरकारलाई सही सुझाव दिन आन्दोलन गरिरहनु नपर्ने बताउँदै जनतालाई सहज र सरल रूपमा सेवा दिन तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले देश विकासका लागि सरकारको एकल प्रयास मात्र पर्याप्त नहुने बताउँदै देशमा पूर्वाधार विकास तथा ठूला परियोजनाका लागि स्रोतको प्रबन्ध गर्न महासंघको पहमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपीएल) कम्पनी स्थापना हुनु सराहनीय कुरा भएको बताए । यस्ता प्रयासले अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ, निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन र राष्टि«य स्वाभिमान निमार्ण गर्ने उनले बताए ।

उनले निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको महासंघले औद्योगिक तथा व्यावसायिक समुदायको व्यवसाय प्रवर्द्धनमा मात्र नभई नेपालको आर्थिक विकास र समृद्धिलाई अघि बढाउन आफूले सक्रिय भूमिका निर्वाह गरेको दाबी गरे । उनले सरकार र निजी क्षेत्र अहिले देशको आर्थिक विकास र समृद्धिका लागि साथसँगै साथ अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी