४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै रहेको बताए

२८ चैत्र २०८१, बिहीबार १५:३३

काठमाडौँ | नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावलाई गम्भीरतापूर्वक लिएको र तदनुरूप नीतिगत सुधार गर्दै देशमा लगानी मैत्री वातावरण सिर्जना गर्दै गइरहेको धारणा राखे । उनले भने, “सरकारले निजी क्षेत्रसँग साझेदारीमा काम गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधार गरेका छौँ । देश विकास सबै मिलेर गर्ने हो । हामी सहकार्यको त्यो नमुनामा काम गरिहेका छौँ ।”

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले नीतिगत स्थिरता र स्थायित्वका लागि काम गरेको बताए । उनले लगानीको वातावरण सुधार गर्न विभिन्न कानुनमा महत्त्वपूर्ण परिवर्तन गरेको र यी कानुनी सुधारले पारदर्शिता बढाउने, प्रक्रियागत झन्झट कम गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास बढाएको बताए । उनले सरकारलाई सही सुझाव दिन आन्दोलन गरिरहनु नपर्ने बताउँदै जनतालाई सहज र सरल रूपमा सेवा दिन तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले देश विकासका लागि सरकारको एकल प्रयास मात्र पर्याप्त नहुने बताउँदै देशमा पूर्वाधार विकास तथा ठूला परियोजनाका लागि स्रोतको प्रबन्ध गर्न महासंघको पहमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपीएल) कम्पनी स्थापना हुनु सराहनीय कुरा भएको बताए । यस्ता प्रयासले अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ, निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन र राष्टि«य स्वाभिमान निमार्ण गर्ने उनले बताए ।

उनले निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको महासंघले औद्योगिक तथा व्यावसायिक समुदायको व्यवसाय प्रवर्द्धनमा मात्र नभई नेपालको आर्थिक विकास र समृद्धिलाई अघि बढाउन आफूले सक्रिय भूमिका निर्वाह गरेको दाबी गरे । उनले सरकार र निजी क्षेत्र अहिले देशको आर्थिक विकास र समृद्धिका लागि साथसँगै साथ अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’