२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक

२८ चैत्र २०८१, बिहीबार १८:१७

काठमाडौँ | नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ । यो अपडेटले प्रयोगकर्तालाई अझ धेरै आकर्षक डिजाइन र थप उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्य राखेको जनाइएको छ । केही समय अघिमात्र भएको मेगा रिलिजमा प्रयोगकर्ताहरूले हाम्रो पात्रोलाई विल्कुलै फरक स्वरूपमा पाउनु भएको थियो । यो अपडेटमा त्यस रिलिजमा प्रयोगकर्ताहरूबाट आएका सल्लाह सुझावहरूलाई मध्यनजर गर्दै आवश्यक सुधारहरू पनि गरिएको छ ।

विशेषत: यस अपडेटमा प्रयोगकर्ताहरूले नोट्स र इभेन्ट्स पेजलाई एकदमै नयाँ डिजाइनमा देख्न सकिनेछ ।प्रयोगकर्ताहरूले अब नोट्सहरू लेख्दा शब्दमा मात्र नभई तस्बिरमार्फत् पनि आफ्नो योजना या सम्झनाहरूलाई व्यवस्थापन गर्न सकिनेछ । नोट्समा तस्वीर राख्दा प्रयोगकर्ताहरूले त्यही उपलब्ध भएको तस्वीर प्रयोग गरेर, आफैँ तस्वीर अपलोड गरेर या आफैँले चित्र कोरेर पनि कलात्मक रूपमा आफ्नो नोट्सहरू राख्न सक्नेछन् ।

यसरी राखिएका नोट्सहरू तपाईंले हाम्रो पात्रोको क्यालेन्डर पेजमा पनि देख्न सकिनेछ । त्यसबाहेक, प्रयोगकर्ताहरूले वर्षौ देखि राखेका नोट्सहरू हेर्न या व्यवस्थापन गर्न पनि अब सहज भएको छ । यो नयाँ अपडेटमा नोट्स फिचर एकदमै आकर्षक र व्यवस्थित भएको र प्रयोगकर्ताहरूले यसलाई अत्याधिक रुचाउने कुरामा हाम्रो पात्रो टिम विश्वस्त छ ।

यस अपडेटमा प्रयोगकर्ताहरूले पाउने अर्को मुख्य कुरा भनेको हाम्रो पात्रोको नयाँ फिड पेज अर्थात् “For you” पेज हो । यो फिड पेजमा विभिन्न जानकारीमूलक र मनोरञ्जनात्मक सामग्रीहरू आकर्षक डिजाइनमा देख्न सकिन्छ । यहाँ स्वास्थ्य, शिक्षा, जीवनशैली, प्रेरणादायक भनाइ र रमाइला तथ्यहरू समेटिएका छन्, जसले प्रयोगकर्ताहरूको दैनिक प्रयोगलाई अझ अर्थपूर्ण र रमाइलो बनाउनेछ। प्रयोगकर्ताहरूले फिड पेजमा रहेका सामग्रीहरूमा लाईक, कमेन्ट र शेयर गर्न सक्ने भएकाले यो पेज अत्यन्तै इन्टरेक्टिभ र आकर्षक बनेको छ। यसले प्रयोगकर्ताहरूबीच प्रत्यक्ष संवाद र अनुभव साझा गर्ने अवसर प्रदान गर्छ, जसकारण एप प्रयोग गर्दाको अनुभव अझ जीवन्त र सामूहिक हुनेछ।

त्यसबाहेक, प्रयोगकर्ताहरूले नयाँ वर्ष २०८२ को अवसरमा “नयाँ वर्ष विशेष पेज” पनि हेर्न सक्नुहुनेछ। यस पेजमा वर्षभरिका महत्वपूर्ण घटनाहरू समेटिएको समीक्षा, आकर्षक इ-कार्डहरू र नयाँ वर्षसँग सम्बन्धित सम्पूर्ण जानकारीहरू समेटिएको छ। यस पेजमा २०८२ को साइत, बिदा, प्रमुख चाडपर्वहरू लगायत उचित मार्गदर्शन र प्रेरणाका लागि विस्तृत वार्षिक राशिफलपनि राखिएको छ । त्यसबाहेक यस पेजमा प्रयोगकर्ताहरूले २०८१ को सम्झना र २०८२ को उत्साहलाई समेटिएको आकर्षक क्विजहरू पनि खेल्न सक्नेछन् । नयाँ वर्षको उत्सवलाई अझ विशेष, जानकारीमूलक र भावनात्मक बनाउन यो पेजमा आवश्यक विवरणहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

हाम्रो पात्रोको सीइओ शंकर उप्रेतीका अनुसार “हाम्रो लक्ष्य केवल पात्रो बनाउने होइन, एउटा यस्तो डिजिटल साथी निर्माण गर्नु हो, जसले तपाईंको दैनिक जीवन सजिलो बनाओस्। यो अपडेट हाम्रो प्रयोगकर्ताको सुझाव र आवश्यकता अनुसार तयार पारिएको हो। त्यसैले पनि यो प्रयोगकर्ताहरूको लागि अझ उपयोगी, अझ सहज र अझ व्यक्तिगत बन्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान