४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा, ११ बजेको उडानबाट काठमाडौं ल्याइँदै

२९ चैत्र २०८१, शुक्रबार ११:०९

काठमाडौँ | गत चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक आन्दोलन मच्चाएर फरार भएका दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा परेका छन् । भारतीय प्रहरीले अनौपचारिक रुपमा उनलाई झापाको भद्रपुर नाकामा ल्याएर छाडेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको आसामबाट समातिएका प्रसाईंलाई सुपुर्दगी सन्धि अभावका कारण अनौपचारिक रुपमा छिमेकी प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएको हो ।

उनलाई शुक्रबार बिहान ११ बजेको उडानबाट काठमाडौँ ल्याउन लागिएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा राखिएको छ । काठमाडौँ विमानस्थलबाट जिल्ला प्रहरी परिसरले जिम्मा लिएपछि उनलाई भद्रकालीस्थित हिरासतमा लगिनेछ ।

त्यहाँबाट उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको अपराधअन्तर्गत जिल्ला अदालतमा म्याद थपका लागि लगिने छ। म्याद थपेर उनीमाथि रवीन्द्र मिश्र र धवल शमशेर जबरालाई जस्तै राज्यविरुद्धको अपराधमा अनुसन्धान अघि बढाइनेछ । ,गत चैत १५ गते उनी र नवराज सुवेदी नेतृत्वको राजावादी प्रदर्शका क्रममा २ जनाले ज्यान गुमाएका थिए । त्यसक्रममा ४६ करोडको क्षति भएको अनुमान छ । उक्त घटनाका लागि जिम्मेवार बनाएर उनीविरुद्ध सजायको मागदाबी तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’