२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा, ११ बजेको उडानबाट काठमाडौं ल्याइँदै

२०८१, २९ चैत्र शुक्रबार ११:०९

काठमाडौँ | गत चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक आन्दोलन मच्चाएर फरार भएका दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा परेका छन् । भारतीय प्रहरीले अनौपचारिक रुपमा उनलाई झापाको भद्रपुर नाकामा ल्याएर छाडेपछि नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको आसामबाट समातिएका प्रसाईंलाई सुपुर्दगी सन्धि अभावका कारण अनौपचारिक रुपमा छिमेकी प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएको हो ।

उनलाई शुक्रबार बिहान ११ बजेको उडानबाट काठमाडौँ ल्याउन लागिएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय भद्रपुरको हिरासतमा राखिएको छ । काठमाडौँ विमानस्थलबाट जिल्ला प्रहरी परिसरले जिम्मा लिएपछि उनलाई भद्रकालीस्थित हिरासतमा लगिनेछ ।

त्यहाँबाट उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको अपराधअन्तर्गत जिल्ला अदालतमा म्याद थपका लागि लगिने छ। म्याद थपेर उनीमाथि रवीन्द्र मिश्र र धवल शमशेर जबरालाई जस्तै राज्यविरुद्धको अपराधमा अनुसन्धान अघि बढाइनेछ । ,गत चैत १५ गते उनी र नवराज सुवेदी नेतृत्वको राजावादी प्रदर्शका क्रममा २ जनाले ज्यान गुमाएका थिए । त्यसक्रममा ४६ करोडको क्षति भएको अनुमान छ । उक्त घटनाका लागि जिम्मेवार बनाएर उनीविरुद्ध सजायको मागदाबी तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो