४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योगमन्त्रीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताए

२९ चैत्र २०८१, शुक्रबार १२:५२

काठमाडौँ | उद्योगमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताएका छन् । बिहीबार काठमाडौँमा इक्यानले आयोजना गरेको ‘एडुक्लेभ ३.०’ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिलो बजार घरेलु बजार भएको बताउँदै उपभोग कार्यविधि २०८१ लाई महत्वकांक्षी ओजनाको रुपमा प्रोत्साहन गर्न मन्त्रालय लागि परेको बताएका हुन् ।

उनले भने, ‘नेपाली उत्पादनको उपभोगलाई सार्वजनिक निकायमा अनिवार्य गर्नुपर्छ । नेपाली उत्पादनलाई अनिवार्य गर्न सकियो भने मात्र नेपाको उद्योग प्रमोसन हुन्छ । अहिलेसम्म हामीले अन्य देशको कपडाहरु प्रयोग गरिरहेका छौं । नेपालका तानले बुनेका कपडाहरुको ब्रान्डिङ गर्न, लेवलिङ गर्न सरकार तयार हुनुपर्छ ।’नविनतामा आधारित महिला युवाहरुलाई प्राेत्साहित गर्ने कार्यक्रमहरु मन्त्रालयले गर्दै आएको मन्त्री भण्डारीले बताए ।

‘नेपाल अमेरिका टिफा’ फ्रेमवर्कमा एग्रिमेन्ट गरेर नेपालका ११ वटा वस्तुहरु समावेश गरिएको छ । ताकी अहिलेको अमेरिकाको टिफाले नेपालमा जुन ट्याक्स लगाएको छ यसलाई एउटा अवसरको रुपमा पनि लिन सकिने मन्त्री भण्डारीले बताए ।

उनले भने, ‘अमेरिकामा अरु देशका वस्तुहरु जाँदा ट्याक्स महंगो हुन्छ । हामीले १० प्रतिशतको लाभ लिन सकिने धेरै आधार पनि छ । नेपालको वस्तु प्रमोशनका लागि आयात प्रतिष्ठापन निर्यातलाई प्रमोशन गर्न उद्योग मन्त्रालयले ‘एकिकृत व्यापार रणनीति’ ल्याएको छ, जसले समग्र सरकार र नेपाली पुँजी बजारलाई गाइड गर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’