४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सबै वडा-वडामा इन्टरनेट सेवा पुर्‍याउँदै

२९ चैत्र २०८१, शुक्रबार १३:०४

काठमाडौँ | नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा नपुगेका गाउँपालिका र नगरालिकाका सबै वडामा उच्च गतिको ब्रोडब्यान्ड सेवा विस्तार गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै इन्टरनेट सेवा नपुगेका वडाहरूको विवरण सङ्कलन गर्न थालिएको हो । “ब्रोडब्यान्ड सेवाको पहुँच नभएका गाउँपालिका तथा नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयसम्म अप्टिकल फाइबर, वायरलेस तथा भीस्याटमार्फत ब्रोडब्यान्ड सेवा बिस्तार गर्ने कार्यक्रम रहेको छ,” प्राधिकरणको सूचनामा भनिएको छ, “यस कार्यक्रमको लागि ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरिनेछ ।”

कार्यक्रम सञ्चालनको लागि यसअघि सञ्चालित परियोजनामा छुटेका वा २ वर्षको निःशुल्क समयावधि पश्चात् सेवाको निरन्तरता नभएका गाउँपालिका तथा नगरपालिकाको कार्यालय र वडा कार्यालयहरू यकिन गर्न विवरण सङ्कलन गर्न लागिएको हो । तत् पश्चात् सेवा प्रदायक छनोट प्रक्रिया सुरु हुने र ती गाउँपालिका तथा नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूसम्म ब्रोडब्यान्ड सेवा विस्तार गरिनेछ । डिजिटल रूपान्तरण तथा सूचना प्रविधिको प्रयोगमा सघाउन प्राधिकरणले यो परियोजना अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’