२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए

२०८१, २९ चैत्र शुक्रबार १५:१२

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताएका छन् । १० दिनदेखि जारी शिक्षक आन्दोलनबारे भिडियो सन्देश दिँदै थापाले उनीहरूले राखेका १५ बुँदे मागमध्ये कतिपय कानून बनाइ मन्त्रिपरिषद्ले पनि घोषणा गर्न सक्ने उनको भनाइ छ । बाँकी माग र पूर्वसहमति भएका विषयलाई विधेयकमार्फत छिटो पारित गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने उनको प्रस्ताव छ ।

‘शिक्षकले राखेका कतिपय मागका विषयलाई कानून नबनाइ हल गर्न सकिन्छ । उहाँहरूले राख्नुभएको मर्यादाक्रम, दरबन्दी मिलान, राहतको बिदा सञ्चितिजस्ता विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्न सक्छ । उहाँहरूका यी माग सम्बोधनको लागि केही स्रोतको मात्रै कुरा हो । तर यसले विश्वासको वातावरण बनाउन सकिन्छ,’ थापाले भनेका छन्, ‘केही दिनपछि संसद्को अधिवेशन प्रारम्भ हुन्छ । संसद्को मिति तय भएको सात आठ दिनमा शिक्षा विधेयक पारित हुन्छ भनेर अघि बढ्न सक्छौं । जसमा शिक्षक महासंघसँग भएको समझदारीअनुसार अगाडि बढाउन सकिन्छ ।’वैशाखको १८ गतेभित्र विधेयक पारित हुन्छ भन्ने भरोसा गराउँदा शिक्षकले पनि मान्ने र सांसदले पनि दिनरात नभनी विधेयक टुंग्याउन काम गर्ने उनी बताउँछन् ।

यसका लागि प्रधानमन्त्री, मन्त्री र सम्बन्धित पक्षले अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ । शिक्षकको मागको सम्बन्धमा लामो समय काम गर्न नसक्दा अहिलेको समस्या आएको उनले बताए । ‘हामीले छिट्टै शिक्षकको विषयलाई सम्बोधन गर्नुपर्थ्यौं । तर हिजो सरकारमा आलोपालो बस्दा आवश्यक तदारुकता देखाउन सकेनौं,’ थापाले भने, ‘हिजो भएको गल्ती कमजोरीलाई सामूहिक प्रयासबाट सम्बोधन गरेर उहाँहरूलाई कक्षाकोठामा फकाउनुपर्छ । किनकि वैशाख २ गतेदेखि शैक्षिक सत्र शुरू हुने हुँदा शिक्षकलाई बाटो छिटो फर्काउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ