३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे

३१ चैत्र २०८१, आईतवार ११:५३

काठमाडौँ | शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेका छन्। १२ दिनदेखि आन्दोलनरत उनीहरूले नेपाल शिक्षक महासंघसँग विगतमा भएका सहमतिअनुसार ऐन जारी गर्न माग गरेका हुन्। दैलेखदेखि आन्दोलनमा आएका देवेन्द्र अधिकारीले शिक्षा ऐन जारी गर्न सरकार गम्भीर नभएको बताए।

उनले भने, ‘नयाँ शिक्षा ऐनको लागु हुनुपर्छ। २०२८ सालको शिक्षा ऐनले कहिलेसम्म शिक्षा ऐत्र चलाउने? नयाँ ऐन लागु गर्न विलम्ब भइसक्यो।’ अधिकारीले यसपटक शिक्षा ऐन लिएर मात्रै विद्यालय फर्किने बताए। ‘गत वर्ष पनि हामीले काठमाडौँमा आन्दोलन गरेका थियौं। त्यतिबेला सरकारले आशावादी बनाएको थियो। विभिन्न एजेन्डाहरूमा सहमति भएको थियो। त्यही सहमतिअनुसार शिक्षा ऐन लिन अहिले आन्दोलनमा आएका हौँ। ऐन लिएरै फर्किन्छौं,’ उनले भने।

त्यसैगरी, सप्तरीदेखि आन्दोलनमा आएका शिक्षकहरू ब्रह्मदेव यादव र नरेश प्रसाद रजवले सरकारले ऐन जारी गरे मात्र आन्दोलन रोकिने बताए। उनीहरूको भनाइ छ, ‘जनताका छोराछोरीहरूले पनि गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनुपर्छ। सरकारले नयाँ शिक्षा ऐन जारी गरे मात्र आन्दोलन रोकिन्छ। यदि यसपटक पनि सरकारले चासो नदिए आन्दोलनलाई निरन्तरता दिन्छौं।’आन्दोलनमा आउँदा बस्न र खानको पनि समस्या भएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’