३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थाले

३१ चैत्र २०८१, आईतवार १५:०६

काठमाडौँ | गएको १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा चोरी तथा लुटपाटमा संलग्न व्यक्तिहरू प्रहरी हिरासतबाट छुट्न थालेका छन्। कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट स्याउ, रक्सी, लत्ताकपडा, कोल्डड्रिंक्स चोर्नेहरूलाई विभिन्न मितिमा प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा बुझाएको थियो। तीमध्ये ८ जना कसुरको मात्रा कम भएको भन्दै घर गइसकेका छन्।

जिल्ला अदालतले उनीहरूलाई हाजिर जमानीमा रिहा गर्न आदेश गरेपछि घर पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले बताए। उनीहरू विरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइएको थियो। सोही ऐनअनुसार मुद्दा चलाइएका अन्य कसुरदार भने प्रहरी हिरासतमै छन्।आगलागी, सवारी साधन तोडफोडजस्ता कसुरमा संलग्न व्यक्ति भने अहिल्यै रिहा नहुने एसएसपी अधिकारीले बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’