३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए

३१ चैत्र २०८१, आईतवार १६:१७

काठमाडौँ | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् । आइतबारकाठमाडौँमा आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षक आन्दोलनको बारेमा सरकारसँग छलफल गरेको भन्दै यसलाई छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नु्पर्ने बताए ।

उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैंले कुरा गरेको छु । छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नुपर्छ । शिक्षकहरुको माग के हो त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ ।’यस्तै, उनले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए ।

उनले भने, ‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ । यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ । त्यसकारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो । यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ । यसमा जनजाती, आदिबासी, मुस्लिम, थारु, मधेशी, महिलालगायत सबैको समावेशिता छ ।’नेपालमा सबैजना मिलेर बस्ने समाज रहेको भन्दै नेपालको राजनीतिमा यस्तो खालको सामाजिक सद्भावले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’