काठमाडौँ | प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्। बैठक सोमबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले समसामयिक विषयमा छलफल हुने बताए।