2026-07-03 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसका नेता कोइरालाले कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा देखेको दाबी गरे

काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने बताएका छन्। नयाँ वर्ष २०८२ शुभकामना दिँदै उनले कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा देखेको दाबी गरेका छन्।

‘यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो। कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुनेछ। यसतर्फ कांग्रेसका साथीहरुलाई चनाखो र सतर्क रहन पनि म अपिल गर्दछु।’ उनले भने, ‘एक पटक आफू र आफ्नो दलभन्दा देश र जनतामाथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ।’

वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ। ‘नेपाली राष्ट्रियता, धर्म-संस्कृति र समृद्धिको लागि एकपटक फेरि नेपाली कांग्रेसमा पुनर्जागरणकाल जगाउनुपर्नेछ। यो तबमात्र सम्भव छ, जब कांग्रेसका साथीहरु जाग्नेछन्। कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियता बिना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव छैन।’

कोइरालाले शुभकामना सन्देशमार्फत भनेका छन्, ‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं, यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो। पार्टीको अगुवाईमा “क्याम्पेन फर क्लिन पोलिटिक्स” को अभियान नचलाई बस्ने हो भने विपी कोइरालाले भन्नु भएझैँ कांग्रेस पार्टी “सुकिला मुकिला र पैसावालाको कब्जामा” जाने खतरा छ। र म त्यो देख्दैछु।’नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो हुने उनको तर्क छ। कोइरालाले भने, ‘कुशासन, भ्रष्टाचार, दण्डहिनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक