2026-07-03 09:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य प्राप्तिका लागि सबैमा सकारात्मक सोच आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य प्राप्तिका लागि सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कठिनाइका बाबजुद हासिल उपलब्धिहरूको जगमा उज्यालो भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरे।

‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ सम्भावनाको खोजी गरौँ,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्,‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा संकल्प हो।’

प्रधानमन्त्री ओलीले राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकारले मात्र नभई देशभित्र र बाहिर रहेका सबै नेपालीको समन्वित प्रयास आवश्यक रहेको धारणा राखे। उनले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता राष्ट्रका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै ती विविधतालाई परस्परविरोधी नभई एकताको शक्ति बनाएर राष्ट्रनिर्माणमा जोड्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले ग्रामीण भेगमा निर्माण भएका पूर्वाधार, सामाजिक सेवा प्रणालीमा आएको सुधार, तथा लोकतान्त्रिक प्रणालीले दिलाएका उपलब्धिहरू देशको विकास यात्राका सकारात्मक संकेत भएको बताए। उनले युवापुस्तालाई राष्ट्रको सम्भावना भन्दै उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने सरकारको नीति रहेको जानकारी दिए। सन्देशको अन्त्यमा प्रधानमन्त्री ओलीले भने, ‘नयाँ वर्ष हामीलाई निराशाको सट्टा आशाको ऊर्जा र विश्वास दिन प्रेरित गर्छ। निराशा फैलाउने प्रवृत्तिलाई परास्त गर्दै हामी राष्ट्रप्रेम, एकता र प्रगतिमा विश्वासका साथ अघि बढ्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक