२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे

२०८२, १ बैशाख सोमबार १५:०२

काठमाडौँ | नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले नेपाल शिक्षक महासंघका माग सम्बोधनको आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसुबकमार्फत् प्रधानमन्त्री ओलीलाई शिक्षक महासंघले अघि सारेका मागहरू सम्बोधनको आग्रह गर्दै खुला पत्र लेखेका हुन् ।

सह-महामन्त्री परियारले शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक गरेका सम्झौताहरू स्मरण गराउँदै शिक्षकका उठाएका जायज मागप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका छन् ।‘पार्टीको तर्फबाट अनौपचारिक रुपमा सरकारका सरोकारवाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ,’ उनले लेखका छन्, ‘तथापि, आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।’

शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नभएको भन्दै परियारले शिक्षकको शालीनतालाई कमजोरीका रुपमा त हेरिएको होइन भन्दै प्रश्नसमेत गरेका छन् ।‘यदि, शिक्षक महासंघको आन्दोलन अब १–२ दिनभित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहने छ,’ सह-महामन्त्री परियारले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश