७ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसका सह-महामन्त्री परियारले प्रधानमन्त्रीलाई शिक्षकका माग सम्बोधनमा ढिला नगरौँ भनेर पत्र लेखे

१ बैशाख २०८२, सोमबार १५:०२

काठमाडौँ | नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले नेपाल शिक्षक महासंघका माग सम्बोधनको आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसुबकमार्फत् प्रधानमन्त्री ओलीलाई शिक्षक महासंघले अघि सारेका मागहरू सम्बोधनको आग्रह गर्दै खुला पत्र लेखेका हुन् ।

सह-महामन्त्री परियारले शिक्षक महासंघसँग विगतमा सरकारले पटक–पटक गरेका सम्झौताहरू स्मरण गराउँदै शिक्षकका उठाएका जायज मागप्रति आफ्नो समर्थन रहेको उल्लेख गरेका छन् ।‘पार्टीको तर्फबाट अनौपचारिक रुपमा सरकारका सरोकारवाला मन्त्रीहरूसँग बारम्बार छलफल भएको नै छ,’ उनले लेखका छन्, ‘तथापि, आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।’

शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नभएको भन्दै परियारले शिक्षकको शालीनतालाई कमजोरीका रुपमा त हेरिएको होइन भन्दै प्रश्नसमेत गरेका छन् ।‘यदि, शिक्षक महासंघको आन्दोलन अब १–२ दिनभित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भन्ने मेरो पार्टीसँग समेत जोडदार माग रहने छ,’ सह-महामन्त्री परियारले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गर्यो माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु र १४ जना घाइते राप्रपाका सांसद दीपक सिंह प्रदर्शनस्थलमा पुगे रास्वपाले पोखरा विमानस्थल भ्रष्टाचार अनुसन्धान गर्न माग गर्दै मागपत्र बुझायो राजेन्द्र लिङ्देनले आफूहरुलाई नियन्त्रणमा लिएकोमा अचम्म नमानेको प्रतिक्रिया दिए अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायो