१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्ष २०८२ को पहिलो दिन पनि शिक्षकहरू सडकमै

१ बैशाख २०८२, सोमबार १५:५५

काठमाडौँ | शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् ।‘यसपालिका नयाँ वर्ष हामी सडकमा नै मनाउँदैैछौं । नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्दैछौं,’ शिक्षक महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

शिक्षक महासंघको आह्वानमा २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले नयाँ वर्ष २०८२ को पहिलो दिन १ वैशाख (सोमबार) पनि माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । सोमबार प्रदर्शनको १३औं दिन हो । यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भए पनि सहमति जुट्न सकेको छैन । शिक्षकका सेवा सुविधाका विषयमा मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेर संसद्को आगामी अधिवेशनबाट ऐन जारी गर्नेगरी सरकारले बताउँदै आएको छ । तर, विगतमा पटक–पटक सहमति गर्ने तर कार्यान्वयन नहुने भोगाइका कारण शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजिरहेका छन् । ऐन जारी नभएसम्म सडक आन्दोलन जारी राख्ने अडान शिक्षकहरूको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक