२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेले प्रचण्डले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताए

२०८२, १ बैशाख सोमबार १६:४६

काठमाडौँ | नेकपा एमालेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेको सरकार परिवर्तनको हल्ला कुण्ठा मात्रै भएको बताएको छ।

सोमबार बसेको सचिवालय बैठकपछि बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डले सरकारबाहिर रहँदाको पीडा प्रकट गरिरहेको बताए।अहिले सरकार परिवर्तन कैतबाट सम्भव पनि नरहेको उनको भनाइ थियो। उनले भने,’अस्तिदेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरू गरिरहनुभएको छ। यसले उहाँमा सरकारबाहिर रहँदाको एकखालको कुण्ठा, एकखालको पीडाबोध प्रकट हुन्छ। अहिले सकार परिवर्तन न कतैबाट सम्भव छ न त्यसको कुनै सान्दर्भिकता छ। न त्यसको कुनै ओचित्य छ।’

राष्ट्रिय राजनीतिका यावत कुराहरूलाई छाडेर सरकार परिवर्तन वा सरकारको मात्रै कुरा गर्नु भनेको सत्ताप्रतिको आशक्ति भएको उनले बताए। उनले केही कमीकमजोरीलाई देखाएर सरकार परिवर्तनको कुरा गर्नु भनेको अस्थिरताका लागि गरिएको प्रयत्न भएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता