Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनायो

२०८२, १ बैशाख सोमबार १७:२७

काठमाडौँ | सत्तारुढ दल एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ज्ञानेन्द्रले आइतबार जारी गरेको भिडियो सन्देशप्रति समीक्षा गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालले पूर्वराजा ज्ञानेन्द्रका पछिल्ला गतिविधिबारे समेत समीक्षा भएको बताएका हुन् । ज्ञानेन्द्रमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको सचिवालय बैठकले निष्कर्ष निकालेको ज्ञवालीले बताए ।

‘पूर्वराजाको अभिव्यक्ति हेर्दा अझै पनि उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि मुलुकका अहिलेका उपलब्धिहरूलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको हामीले पायौं, जुन गलत कुरा हो,’ उपमहासचिव ज्ञवालीले भने । त्यस्तै पूर्वराजाले चैत १५ गतेको आपराधिक घटनालाई जागरणका रूपमा लिएको भन्दै एमालेले आपत्ति जनाएको छ । ‘तीनकुनेमा चैत १५ गते आपराधिक घटना घट्यो, त्यसलाई उहाँले जनतामा आएको जागरणका रूपमा व्यक्त गर्नुभयो । त्यसैलाई जागरण भन्ने हो भने सर्वसाधारणका घरमा लुटपाट, सम्पत्ति तोडफोड, सरकारी कार्यालयमाथि विध्वंश, राजनीतिक पार्टी कार्यालयमाथि विध्वंश, उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो । यस्ता खालका कुनै क्रियाकलाप नगर्न हामीले भनेका छौँ,’उनले भने ।

आइतबारको भिडियो सन्देशमा पूर्वराजाले भनेका थिए, ‘नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन स्तरको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । ‘

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै