३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय

१ बैशाख २०८२, सोमबार १८:१२

काठमाडौँ | काठमाडौँको माइतीघर मण्डलमा आयोजित राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक जुलियन क्रिपा ब्लिसलाई नेपाल सरकारले डिपोर्ट गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि अध्यागमन विभागले उनलाई देश निकाला गर्ने प्रक्रिया अघि बढाएको हो ।

५८ वर्षीय ब्लिसलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४ चैतमा कुलमान घिसिङको बर्खास्तीविरुद्ध आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानपछि उनलाई अध्यागमन विभागमा बुझाइएको थियो ।अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालका अनुसार अनुसन्धानपछि उनीमाथि दुई वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।

‘हामीले अनुसन्धान प्रतिवेदन गृह मन्त्रालयमा पठाएका थियौँ । गृहबाट निर्देशन आएपछि प्रक्रिया अगाडि बढेको हो,’ ढकालले भने । अनुसन्धानका क्रममा ब्लिसले आफू राजनीतिक उद्देश्यले प्रदर्शनमा नगएको दाबी गरेका छन् । उनले गाई, महिला र बालबालिकाको संरक्षणका लागि सामाजिक अभियान चलाउँदै आएको बताएका छन् । तर, विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा संलग्न हुन नदिने प्रावधानअनुसार सरकारले उनीविरुद्ध कारबाही अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’