२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय

२०८२, १ बैशाख सोमबार १८:१२

काठमाडौँ | काठमाडौँको माइतीघर मण्डलमा आयोजित राजनीतिक प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक जुलियन क्रिपा ब्लिसलाई नेपाल सरकारले डिपोर्ट गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि अध्यागमन विभागले उनलाई देश निकाला गर्ने प्रक्रिया अघि बढाएको हो ।

५८ वर्षीय ब्लिसलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४ चैतमा कुलमान घिसिङको बर्खास्तीविरुद्ध आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानपछि उनलाई अध्यागमन विभागमा बुझाइएको थियो ।अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालका अनुसार अनुसन्धानपछि उनीमाथि दुई वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।

‘हामीले अनुसन्धान प्रतिवेदन गृह मन्त्रालयमा पठाएका थियौँ । गृहबाट निर्देशन आएपछि प्रक्रिया अगाडि बढेको हो,’ ढकालले भने । अनुसन्धानका क्रममा ब्लिसले आफू राजनीतिक उद्देश्यले प्रदर्शनमा नगएको दाबी गरेका छन् । उनले गाई, महिला र बालबालिकाको संरक्षणका लागि सामाजिक अभियान चलाउँदै आएको बताएका छन् । तर, विदेशी नागरिकलाई राजनीतिक गतिविधिमा संलग्न हुन नदिने प्रावधानअनुसार सरकारले उनीविरुद्ध कारबाही अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश