२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताए

२०८२, २ बैशाख मंगलवार १६:२९

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताएका छन् । नेपाल शिक्षक महासङ्घ सङ्खुवासभाको टोलीसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले शिक्षकका मागका सम्बन्धमा सरकारले सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने बताएका हुन् । “शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरुको पनि सुझाव र सल्लाह आवश्यक छ, शिक्षामन्त्री तथा मन्त्रिपरिषद्समक्ष यो विषयमा छलफल गर्नेछु”, उनले भने ।

उनले अहिले विभिन्न ऐन निर्माणका लागि छलफलकै क्रममा रहेको उल्लेख गर्दै सरकार समयसापेक्ष ऐन निर्माणमा लागेको बताए । नेपाल शिक्षक महासङ्घ संखुवासभाका अध्यक्ष शेरबहादुर पुरीले शिक्षकका २४बुँदे मागका सम्बन्धमा पहलका लागि आग्रह गरे ।

शिक्षकहरुले विद्यालयमा कर्मचारी दरबन्दी कायम गर्नुपर्ने, बालविकास कक्षा विद्यालय शिक्षाअन्तर्गत ल्याउनुपर्ने, शिक्षक बढुवा नियमित हुनुपर्ने, आन्तरिक प्रतिस्पर्धा गर्न पाउनुपर्ने, शिक्षक ग्रेड बढाउनुपर्ने, सेवा प्रवेशको समय ४० वर्ष कायम हुनुपर्नेलगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश