२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल

२०८२, २ बैशाख मंगलवार १७:३७

काठमाडौँ | विभिन्न माग राखेर सामुदायिक विद्यालयका शिक्षकहरू १४ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । नियमित शैक्षिक कार्यतालिका अनुसार मंगलबारदेखि देशभर भर्ना अभियान शुरू हुनु पर्ने हो । तर, शिक्षकहरू आन्दोलनमा रहेका कारण भर्ना अभियान प्रभावित हुने मात्र होइन; धेरैजसो विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रकाशित भएको छैन ।

शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरोकारवाला विभिन्न निकायसँग छलफल गरिरहेकी छन् । यसैक्रममा उनले मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखसँग छलफल गरेकी छन् ।

उनीहरूबीच अर्थ मन्त्रालयमा छलफल भएको थियो । विधेयक संसद्‌सँग सम्बन्धित भएपनि आर्थिक व्ययभारको विषय जोडिएकाले मन्त्री भट्टराईले अर्थमन्त्रीसँग समेत छलफल गरेकी हुन् ।

शैक्षिक सुधारसम्बन्धी माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन शीघ्र पारित गर्नुपर्ने, नेपाल शिक्षक महासंघसँग यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश