३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्री भट्टराईको छलफल

२ बैशाख २०८२, मंगलवार १७:३७

काठमाडौँ | विभिन्न माग राखेर सामुदायिक विद्यालयका शिक्षकहरू १४ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । नियमित शैक्षिक कार्यतालिका अनुसार मंगलबारदेखि देशभर भर्ना अभियान शुरू हुनु पर्ने हो । तर, शिक्षकहरू आन्दोलनमा रहेका कारण भर्ना अभियान प्रभावित हुने मात्र होइन; धेरैजसो विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रकाशित भएको छैन ।

शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरोकारवाला विभिन्न निकायसँग छलफल गरिरहेकी छन् । यसैक्रममा उनले मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखसँग छलफल गरेकी छन् ।

उनीहरूबीच अर्थ मन्त्रालयमा छलफल भएको थियो । विधेयक संसद्‌सँग सम्बन्धित भएपनि आर्थिक व्ययभारको विषय जोडिएकाले मन्त्री भट्टराईले अर्थमन्त्रीसँग समेत छलफल गरेकी हुन् ।

शैक्षिक सुधारसम्बन्धी माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन शीघ्र पारित गर्नुपर्ने, नेपाल शिक्षक महासंघसँग यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’