२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा.बाबुराम भट्टराईले उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुईवटा हाँगा भएको बताए

२०८२, ३ बैशाख बुधबार १२:२२

काठमाडौँ | नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुईवटा हाँगा भएको बताएका छन् । बुधवार चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले दलहरूबिचको सहकार्यबाटै लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर अघि बढ्न सकिने बताए ।

‘लोकतन्त्र नै प्रमुख कुरा हो । उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुई वटा हाँगा हुन्’, भटट्राईले भने, ‘हामीले एक अर्कालाई निषेध गर्नुभन्दा पनि आपसमा राम्रा कुराहरू सिक्ने र खराबलाई त्याग्ने गरी अघि बढ्यौ भने मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर अघि बढ्न सकिन्छ ।’

नेता भट्टराईले अहिले विभिन्न ढङ्गले प्रतिगामी शक्तिहरू सल्ब लाइरहेको भन्दै त्यस्तो शक्तिले लोकतन्त्रवादीहरूमा विभाजन ल्याउन खोजेको बताए । ‘उनीहरूले विभाजन ल्याउन खोजेका छन् । अहिलेको जटिल भूराजनीतिक अवस्थामा हामीले सङ्कीर्ण गुटगत र दलगत चिन्तनभन्दा राष्ट्रिय हितलाई माथि राखेर सहकार्य गर्नुपर्छ’, भट्टराईको भनाइ छ । कार्यक्रमका सहभागीहरूले स्व.न्यौपानेले नेपाली राजनीतिमा गरेको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश