३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा.बाबुराम भट्टराईले उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुईवटा हाँगा भएको बताए

३ बैशाख २०८२, बुधबार १२:२२

काठमाडौँ | नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुईवटा हाँगा भएको बताएका छन् । बुधवार चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले दलहरूबिचको सहकार्यबाटै लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर अघि बढ्न सकिने बताए ।

‘लोकतन्त्र नै प्रमुख कुरा हो । उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुई वटा हाँगा हुन्’, भटट्राईले भने, ‘हामीले एक अर्कालाई निषेध गर्नुभन्दा पनि आपसमा राम्रा कुराहरू सिक्ने र खराबलाई त्याग्ने गरी अघि बढ्यौ भने मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरेर अघि बढ्न सकिन्छ ।’

नेता भट्टराईले अहिले विभिन्न ढङ्गले प्रतिगामी शक्तिहरू सल्ब लाइरहेको भन्दै त्यस्तो शक्तिले लोकतन्त्रवादीहरूमा विभाजन ल्याउन खोजेको बताए । ‘उनीहरूले विभाजन ल्याउन खोजेका छन् । अहिलेको जटिल भूराजनीतिक अवस्थामा हामीले सङ्कीर्ण गुटगत र दलगत चिन्तनभन्दा राष्ट्रिय हितलाई माथि राखेर सहकार्य गर्नुपर्छ’, भट्टराईको भनाइ छ । कार्यक्रमका सहभागीहरूले स्व.न्यौपानेले नेपाली राजनीतिमा गरेको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’