३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा एक यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरी कारबाहीमा परे

३ बैशाख २०८२, बुधबार १५:३८

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा तीन जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार विज्ञप्ति जारी गरी ड्युटीमा खटिएका तीन प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाई कारबाही गरिएको जानकारी दिएको हो । आइतबार यूएईबाट स्वदेश फर्किएका मोरङका सञ्जय ओझालाई प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडिओमा प्रहरीले ओझालाई लछारपछार गरेको देखिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार सामाजिक सञ्जालमा आएको भिडिओको आधारमा घटनाको अनुसन्धान थालिएको थियो । विभिन्न सञ्चार माध्यममा पनि स्वदेश फर्किएका युवकमाथि प्रहरीले दुर्व्यवहार गरेको समाचार आएका थिए । कार्यालयले दुर्व्यवहारमा संलग्न तीन जना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षाको जिम्मेवारीबाट हटाएको छ । साथै उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’