४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने

४ बैशाख २०८२, बिहीबार १२:२९

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने भएकी छन्। उनले आफू प्रतिनिधिसभाको जिम्मेवारीमै फर्कने प्रस्ताव पार्टीमा लगेकी छन्। पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग पुगेको प्रस्तावमा उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख छ । श्रेष्ठले आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको बताएकी छन् । श्रेष्ठले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको, अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउन सिक्नुपर्ने उल्लेख गरेकी छन्।

श्रेष्ठले भनेकी छन्, ‘सार्वजनिक नीति निर्माणमा भूमिका खेल्ने सांसदले पार्टीको समेत पद ओगट्दा राम्रो सन्देश जाँदैन । त्यसमा अर्को व्यक्ति आउनु पर्छ ।’ पार्टीमा उनले बुझाएको प्रस्तावमा अर्को कुनै सक्षम व्यक्तिलाई ल्याउनका लागि ढोका खोलिनु पर्ने उल्लेख छ । उनले आफ्नो विषय व्यक्तिगत नभई सैद्दान्तिक कोणबाट हेरिनुपर्ने भन्दै दुई महत्वपूर्ण जिम्मेवारी एकै व्यक्तिले लिनु मानवीय हिसाबले समेत उचित नहुने उल्लेख गरेकी छन् । यद्यपि यसअघि शिक्षामन्त्री हुँदासमेत श्रेष्ठ सहमहामन्त्री पदमा भने बहाल नै थिइन् । पार्टी सभापति रवि लामिछाने त्यसबेला उपप्रधान तथा गृहमन्त्री थिए । श्रममन्त्री डिपी अर्याल पार्टीको उपसभापति छँदै थिए ।

यद्यपि श्रेष्ठले त्यस बेला समेत एक व्यक्ति एक पदको बहस चर्चामै रहेको भन्दै अब पार्टीमा यसको कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् । नत्र रास्वपा अरु पार्टीजस्तै बन्न जाने उनको भनाई छ ।‘उपसभामुख इन्दिरा राना वा संसदका प्रमुख सचेतक सन्तोष परियारहरूको हकमा भने यो लागु नगरे हुन्छ किनभने उहाँहरू आफ्नो सक्षमताका साथै विशेष वर्ग समुदायबाट आउनुभएको छ,’ श्रेष्ठको प्रस्तावमा छ, ‘बाँकीको हकमा चाहिँ यस्तो मान्यता लागु हुनुपर्छ । हामीले पार्टीको दस्तावेजमै उल्लेख गरिसकेका छौं ।’ सुमना श्रेष्ठको यो प्रस्तावबारे रास्वपाभित्र कोण–प्रतिकोणबाट छलफल चलिरहेको छ ।

केहीले श्रेष्ठले आफूले भन्दै आएको विषय अघि बढाएको भनेका छन् । थुप्रै केन्द्रीय सदस्यहरुले चाहिँ पार्टीको नेतृत्वले चरम प्रतिकुलता बेहोरिरहेको, अनि नागरिकमा फेरि निराशा भरिन सक्ने बेलामा आशा बाँड्न छाडेर सुमनाले हचुवामा अराजनीतिक बाटो समातेको टिप्पणी गरेका छन् । ‘सुमनाजीको नियत आफैंमा खराब नहोला, तर उहाँले सही निर्णय लिनु भएन, आशा गरौं उहाँले फिर्ता लिनु हुनेछ,’ एक नेताले भने, ‘सांसद भनेको कुनै अराजनीतिक पद होइन, त्यो पार्टीकै समर्थकहरुको शक्ति र अनुमोदनबाट आएको पद हो । अहिले पार्टीको नीति र विचारमाथि नै चुनौती दिन खोजिएका बेला जमेर प्रतिवाद पो गर्न अघि सर्नुपर्ने । उहाँले भाग्ने विचार गर्नुभयो ।’ यसअघि रवि लामिछाने १७ चैतमा पार्टी सभापतिमा पुनःबहाली हुने निर्णय भएकै दिन श्रेष्ठले राजीनामा दिने प्रस्ताव लगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ