२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप

२०८२, ५ बैशाख शुक्रबार ११:३६

काठमाडौँ | वर्तमान व्यवस्था विरोधी ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ ले राप्रपाका महामन्त्री धवलशमशेर राणालाई क्यान्सरजस्तो गम्भीर रोगको फलोअप उपचारमा भारत जान नदिने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएको छ । ‘उहाँलाई यसपूर्व नै नियमित रूपमा आवधिक परीक्षणको लागि चिकित्सकले नै दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानु पर्नेमा त्यसतर्फ फलोअपका लागि जान नदिने षडयन्त्रमा सरकार लागेकोमा आपत्ति प्रकट गर्दै त्यसतर्फ उपचारका लागि पठाउन जोडदार माग गर्दछौँ’, समितिका प्रवक्ता स्वागत नेपालले शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा राणाको अवस्था गम्भीर रहेको कारण नियमित उपचार पूर्ववत् चिकित्सक र अस्पतालमै गराउने व्यवस्था मिलाउन आग्रह गरिएको छ । केही महिनाअघि राणाको गिजाको क्यान्सरको उपचार भएको थियो । सोहीअनुसार उनी नियमित फलोअपमा जाने गरेका थिए भने अब वैशाख १५ गतेका लागि उनको डाक्टरसँग एपोन्टमेन्ट रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । राणा चैत १५ मा तीनकुनेमा भएको घटनापछि पक्राउ परेका थिए । उनी त्यसयता प्रहरी हिरासतमै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश