२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना

२०८२, ७ बैशाख आईतवार १६:३०

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएको भन्दै राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले भर्त्सना गरेको छ। समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गर्दै उनीहरूलाई पक्राउ गर्ने कार्यको भर्त्सना गरेका हुन्।‘तीनकुने गोलीकाण्डको न्यायिक छानबिन गर्नुपर्ने शान्तिपूर्ण मागसहित सिंहदरबार परिसर राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयबाट अघि बढेको अवस्थामा सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले पक्राउ गरेकोमा उक्त अलोकतान्त्रिक कृत्यको हामी घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाएको भन्दै समितिले आपत्ति जनाएको छ। समितिले भनेको छ,’पञ्चायती प्रजातन्त्रमा समेत जनताका प्रतिनिधिहरुले जनताका तर्फबाट सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतभित्र समेत पूर्ण वाक स्वतन्त्रतासहित व्यवस्थाविरुद्ध माग राख्ने गरेकोमा हाल आस्थामाथि प्रतिबन्ध लगाउँदै व्यवस्थाविरुद्धको प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाइएकोमा हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ।’

तत्काल तीनकुने गोलीकाण्डको निष्पक्ष न्यायिक आयोग गठन गर्न र पक्राउ गरिएका जनप्रतिनिधि तथा झुठा मुद्दामा फसाइएका सबैलाई अविलम्ब रिहा गर्दै वार्ता र संवादको प्रक्रियामा आउनसमेत समितिले सरकारलाई आह्वान गरेको छ। अन्यथा जनताको विद्रोहबाट हुन सक्ने सम्पूर्ण क्षतिको जिम्मा सरकार पक्ष स्वयंले लिनुपर्ने पनि चेतावनी समितिले दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश