३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर

८ बैशाख २०८२, सोमबार ११:०८

काठमाडौँ | नेपाली कांग्रेसका १५औं महाधिवेशनका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीको लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउने मार्गका रूपमा महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महरले पार्टीको संगठनात्मक तयारी, अधिवेशनको पूर्वाधार र विधानअनुसारका प्रक्रियामा देखिएको सुस्तताले महाधिवेशन समयमै सम्पन्न हुनेमा आशंका पैदा भएको बताएका हुन्।

“महाधिवेशन केवल एक औपचारिकता नभएर यो पार्टीको नीति निर्माण, आत्मसमीक्षा, नेतृत्व हस्तान्तरण र संगठन सुदृढीकरणको अवसर हो,” महामन्त्री उम्मेदवार महरले भने, “हामीले प्रक्रिया र समयतालिकालाई गम्भीरतापूर्वक नलिने हो भने पार्टीको संस्थागत क्षमता र जनतासँगको भरोसा दुवै कमजोर हुन सक्छ।”उनले स्पष्ट रूपमा भने, “विधानतः तोकिएको अवधिमा अधिवेशन नगर्नु पार्टी नेतृत्वको जिम्मेवारीबाट पलायन हो। अहिले नै तहगत अधिवेशन सम्पन्न गर्दै केन्द्रीय अधिवेशनको तयारीमा लाग्न आवश्यक छ।”

महरले संगठनभित्रको काममा स्पष्ट समयरेखा, कार्ययोजना र पारदर्शी प्रक्रिया सुनिश्चित नगरी महाधिवेशनको सफल सम्भावना कमजोर हुने बताए। विशेषतः निर्वाचन समिति गठनमा ढिलाइ, संरचनागत तयारीको अभाव, र समन्वयको कमजोरीले कांग्रेसभित्र निर्णय प्रक्रियामा जटिलता बढाएको उनी बताउँछन्। महाधिवेशनमा महामन्त्री पदको लागि उम्मेदवारी दिने तयारीमा रहेका महरले आफ्नो अभिव्यक्तिका माध्यमबाट पार्टीभित्र सुधार, उत्तरदायित्व र आन्तरिक लोकतन्त्र सुदृढ गर्न आवश्यक संवाद सुरु गर्ने प्रयास गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड