२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर

२०८२, ८ बैशाख सोमबार ११:०८

काठमाडौँ | नेपाली कांग्रेसका १५औं महाधिवेशनका महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीको लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाउने मार्गका रूपमा महाधिवेशन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महरले पार्टीको संगठनात्मक तयारी, अधिवेशनको पूर्वाधार र विधानअनुसारका प्रक्रियामा देखिएको सुस्तताले महाधिवेशन समयमै सम्पन्न हुनेमा आशंका पैदा भएको बताएका हुन्।

“महाधिवेशन केवल एक औपचारिकता नभएर यो पार्टीको नीति निर्माण, आत्मसमीक्षा, नेतृत्व हस्तान्तरण र संगठन सुदृढीकरणको अवसर हो,” महामन्त्री उम्मेदवार महरले भने, “हामीले प्रक्रिया र समयतालिकालाई गम्भीरतापूर्वक नलिने हो भने पार्टीको संस्थागत क्षमता र जनतासँगको भरोसा दुवै कमजोर हुन सक्छ।”उनले स्पष्ट रूपमा भने, “विधानतः तोकिएको अवधिमा अधिवेशन नगर्नु पार्टी नेतृत्वको जिम्मेवारीबाट पलायन हो। अहिले नै तहगत अधिवेशन सम्पन्न गर्दै केन्द्रीय अधिवेशनको तयारीमा लाग्न आवश्यक छ।”

महरले संगठनभित्रको काममा स्पष्ट समयरेखा, कार्ययोजना र पारदर्शी प्रक्रिया सुनिश्चित नगरी महाधिवेशनको सफल सम्भावना कमजोर हुने बताए। विशेषतः निर्वाचन समिति गठनमा ढिलाइ, संरचनागत तयारीको अभाव, र समन्वयको कमजोरीले कांग्रेसभित्र निर्णय प्रक्रियामा जटिलता बढाएको उनी बताउँछन्। महाधिवेशनमा महामन्त्री पदको लागि उम्मेदवारी दिने तयारीमा रहेका महरले आफ्नो अभिव्यक्तिका माध्यमबाट पार्टीभित्र सुधार, उत्तरदायित्व र आन्तरिक लोकतन्त्र सुदृढ गर्न आवश्यक संवाद सुरु गर्ने प्रयास गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश