३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

९ बैशाख २०८२, मंगलवार १४:२८

काठमाडौँ | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सोमबार आयोजित आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको चौविसौँ सत्रमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री गुप्ताले उक्त कुरा बताउनुभएको हो । सम्मेलनमा मन्त्री गुप्ताले विभिन्न देशका उपप्रधानमन्त्री, विदेश मन्त्री तथा मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुभएको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । भेटमा उहाँहरुबीच आपसी हित र चासोका विविध पक्षका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्य गर्नेबारे कुराकानी भएको उहाँले बताउनुभयो ।

मञ्चको चौविसौँ सत्रमा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दाका विषयमा छलफल भएको थियो । साथै, संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्रसङ्घको प्रणालीभित्र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र कार्यान्वयन गर्ने विषयमा भएका अभ्यासको पहिचान र चुनौतीबारे मन्त्री गुप्ताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही