३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने

९ बैशाख २०८२, मंगलवार १५:०५

काठमाडौँ | नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालबीच आँखा उपचारमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा ती संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार दुवै पक्षबीच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु अगाडि बढाउन र आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गरी रोकथामका उपायहरू अवलम्बन गर्ने कार्यमा सहकार्य हुनेछ । त्यसैगरी नेपाल प्रहरी अस्पताल (प्रादेशिक अस्पतालहरू समेत) बाट रिफर भई आएका बहालवाला प्रहरी कर्मचारीहरुको आँखासम्बन्धी उपचार तथा शल्यक्रियाहरू नेत्रज्योति सङ्घअन्तगर्तका आँखा अस्पतालहरुबाट निःशुल्क गरिनेछ ।

उक्त समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सङ्घका महासचिव भरतबहादुर चन्दले नेपालबाट अन्धोपन निवारण गर्ने सङ्घको योजनामा दुई संस्थाबीचको सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै उहाँले आगामी दिनमा सेवा विस्तारका लागि सङ्घ सदैव तयार रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति सङ्घबिच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । समझदारीपत्रमा सङ्घका तर्फबाट महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र तथा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, आँखारोग विभाग प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा ज्योति बाँस्तोला पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

सन् १९७८ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घले २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र, र ४५ जिल्ला शाखामार्फत वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई आँखासम्बन्धी सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ