२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने : धवलशमशेर राणा

२०८२, १० बैशाख बुधबार १३:१९

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्। २४ दिनको हिरासत बसाइपछि आइतबार छुटेका उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने बताएका हुन्।

चैत्र १५ गते तीनकुने घटनापछि उनी पक्राउ परेका थिए। उनलाई राज्यविरुद्धको कसुर लगाइएको छ। उनको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै हाजिरी जवानीमा सरकारले छाडेको थियो। राणाले उपचारका लागि आफू बुधबार नै भारत जान लागेको र उपचार गरेर फर्किएपछि गर्नुपर्ने धेरै काम रहेको बताएका छन्।

‘उपचारको क्रममा फ्लोअपको निमित्त आज भारततर्फ प्रस्थान गर्दैछु। उपचार सकि फर्किएपछि गर्नुपर्ने धेरै कामहरु छन्, त्यो निश्चय पनि अघि बढ्नेछ’, उनले भनेका छन्, ‘अहिले यति मात्र भन्छु, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन, धर्म, संस्कृति पहिचानको रक्षा, आर्थिक समृद्धिको निमित्त अब सम्पूर्ण राष्ट्रवादी, हिन्दुवादी ,राजावादी, प्रजातन्त्रवादी र परिवर्तन पक्षधरहरु एक ठाउँमा उभिनु पर्दछ।’राणाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतलाई बिनाशर्त अबिलम्ब रिहाइका लागि माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश