२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लैङ्गिक समानताका लागि सक्रियताका साथ काम भइरहेको छ’

१० बैशाख २०८२, बुधबार १४:५५

काठमाडौँ | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले लैङ्गिक समानताको विकास गर्दै राज्यको मूलधारमा पर्न नसकेका, पिछडिएका वर्ग तथा समुदायका महिलाको उत्थानका लागि सरकारले सक्रियताका साथ काम गरिरहेको बताउनुभएको छ ।

‘समलैङ्गिक दृश्यता दिवस–२०२५’ को अवसरमा मितिनी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री सुडीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको विकास र सशक्तीकरणका लागि वार्षिक बजेटमा रकम विनियोजन गरी योजना तथा कार्यक्रममा समेटेर काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले ‘समलैङ्गिक दृश्यता दिवस’ का अवसरमा शुभकामना व्यक्त गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशकभन्दा बढी भए पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका समलिङ्गी, द्वयलिङ्गी र क्वेर महिलाका विषय अझै ओझेलमा परेका बताउनुभयो ।

मितिनी नेपालले प्रकाशन गरेको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको महिलाका रूपमा पहिचान गर्ने ११ वटा प्रेरणादायी कथा समेटिएको पुस्तक ‘जीवन परिवर्तनको आँधी’ को विमोचन गर्दै मन्त्री सुडीले महिलावादी आन्दोलनमा पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई प्राथमिकता दिएर छलफल नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “फरक यौनिकता भएकाले यो समुदायका महिला लान्छना, भेदभाव, अपमान, धम्की तथा दुव्र्यवहारको शिकार भएका छन् । यही कारणले समाजमा खुलेर आउन सकेका छैनन् ।” संविधानको धारा ३८ मा ‘महिलाको हक सुनिश्चित गर्दै प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान हक हुनेछ’ भनिएको छ । त्यसैगरी धारा ३८ मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ’ भनी उल्लेख गरिएको छ ।

यसैबीच, लैङ्गिक पहिचानसहितको विवाह दर्ता हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटमा विसं २०८० असार १३ गते अदालतले समलिङ्गी विवाहका लागि अस्थायी विवाह दर्ता गर्ने फैसला सुनाएको थियो । गृह मन्त्रालयले स्थानीय पञ्जीकाधिकारीको कार्यालयलाई अस्थायी अभिलेख दर्तालाई सहज बनाउन सोहीअनुसार निर्देशन दिएको थियो । सोहीअनुसार सो समुदायका कतिपय जोडीले आफ्नो विवाहलाई अस्थायी रूपमा दर्ता गराउँदै आएका मितिनी नेपालले जनाएको छ ।

हरेक वर्ष अप्रिल २६ लाई समलैङ्गिक दृश्यता दिवस विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक विविधता भएको समुदायले मनाउँदै आएका छन् । मन्त्री सुडीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र समुदायभित्रका समलिङ्गी, द्वयलिङ्गी र क्वेरको अधिकार स्थापनाका लागि सम्पर्क (फोकल) मन्त्रालयका रूपमा सधदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलानले समुदायबाट समयसापेक्ष समर्थन नपाउँदा महिलाभित्रका समलिङ्गी महिलाले अझै पनि विभिन्न चुनौतीको सामना गर्नु परिरहेको बताउनुभयो । संस्थाका कार्यकारी निर्देशक सरिता केसीले राज्यले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका समलिङ्गी, द्वयलिङ्गी र क्वेर महिलाका लागि समान अधिकारको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ