३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरियो

१० बैशाख २०८२, बुधबार १५:०६

काठमाडौँ | तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेका थप १३ जनालाई हाजिरी जमानीमा हिरासत मुक्त गरिएको हो । यसअघि यही घटनामा पक्राउ परेका आठ जनालाई हाजिरी जमानीमा छाडिएको थियो । योसँगै हाजिरी जमानीमा हिरासत मुक्त हुनेको संख्या २१ पुगेको छ । उनीहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गरिए पनि अनुसन्धान भने अघि बढ्ने बताइएको छ ।

बयान लगायतको काम सकिएको हिरासतमा राखिराख्नुपर्ने अवस्था नदेखिएकाले हाजिरी जमानीमा छाडिएको परिसरका एक अधिकृतले बताए । यद्यपी उनीहरुविरुद्ध भने काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर हुने बताइएको छ । मुद्दा दायर भएपछि उनीहरूलाई प्रहरीले सोझै अदालतमा उपस्थित हुनेगरी छाडेको हो । हिरासतमुक्त गरिएको सबै आपराधिक उपद्रवको कसुरको आरोपितहरू हुन् ।

उनीहरू भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बताएको छ । प्रहरीले अहिलेसम्म यो केशमा ८५ जनालाई पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गरेको छ । जसमध्ये २१ जना हिरासतमुक्त रहेकाले अहिले परिसरको हिरासतमा रहनेको संख्या ६४ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ